• होमपेज
  • समाचार
  • ‘भूमि व्यवस्थापनका लागि आयोग गठनको तयारी’

‘भूमि व्यवस्थापनका लागि आयोग गठनको तयारी’

  • आइतवार, माघ ६, २०७५
‘भूमि व्यवस्थापनका लागि आयोग गठनको तयारी’

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका लागि शक्तिशाली आयोग गठनको तयारी भइरहेको बताउनुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आजदेखि बुटवलमा शुरु भएको ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन तथा प्रदेश एवं स्थानीय तहको’ भूमिका विषयक प्रादेशिक गोष्ठीमा उहाँले ‘फिल्ड’मा पुगेर पुर्जा दिन सक्ने आयोगको परिकल्पना गरिएको जानकारी गराउनुभयो ।

उहाँले केन्द्रमा निर्माण हुने शक्तिशाली आयोगलाई कसैले प्रभावित गर्न नसक्ने उल्लेख गर्दै स्थानीय तहलाई जवाफदेही ढङ्गले जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय तहको पहलमा संयन्त्र निर्माण गरिने जानकारी दिँदै कित्ताकाटसँग जोडिएर आएका बेथिति अन्त्य गरिने बताउनुभयो ।

अहिले पनि दक्ष जनशक्तिको अभाव झेल्नुपरेको जानकारी दिँदै उहाँले करारमा कर्मचारी राखेर भए पनि मालपोत र नापी कार्यालयमा प्रविधिको पहुँच बढाइने जानकारी गराउनुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी, राष्ट्रिय सहकारी महासङ्घका भीम तुलाचनलगायतले सहकारी नीतिको कार्यान्वयनले गरीबी न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नसक्नेमा जोड दिनुभयो ।

प्रदेश नं ५ का १२ जिल्लाका सहकारी सङ्घका अध्यक्ष, विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाका प्रशासकीय अधिकृत, विषयगत सहकारी सङ्घका प्रमुखलगायतको सहभागिता रहेको सो कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि