• होमपेज
  • समाचार
  • नेपाली काङ्ग्रेस नेता प्रकाश सिंह कार्की र लायन्स क्लब काठमाण्डौँद्वारा बिद्यालयमा ल्यापटप बितरण

नेपाली काङ्ग्रेस नेता प्रकाश सिंह कार्की र लायन्स क्लब काठमाण्डौँद्वारा बिद्यालयमा ल्यापटप बितरण

  • आइतवार, माघ ६, २०७५
नेपाली काङ्ग्रेस नेता प्रकाश सिंह कार्की र लायन्स क्लब काठमाण्डौँद्वारा बिद्यालयमा ल्यापटप बितरण

दुर्गम जिल्ला सोलुखुम्बुका तीन वटा गाउँपालिकाका ११ वटा विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । लायन्स क्लब काठमाण्डौँ र काँग्रेस नेता तथा उद्योग व्यवसायी प्रकाशसिंह कार्कीको संयुक्त लगानीमा जिल्लाका सोताङ गाउँपालिका, माप्यादुधकोशी र महाकुलुङ गाउँपालिकाभित्रका ११ वटा विद्यालयलाई ल्यापटप वितरण गरिएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता दिनराज बास्तोलाले जानकारी दिए ।

नेता बास्तोका अुनसारः– विद्यालयमा सूचना तथा प्रविधिको प्रयोग बढाई प्रबिधीयुत्त र समुन्नत समाज निर्माण गर्नको लागि आफ्नो व्यक्तिगत लगानी समेतमा ल्याप टप कम्प्युटर वितरण गरेको काँग्रेस नेता कार्कीले बताएका छन् । बास्तोलाका अनुसार प्रति ल्यापटप ५६ हजार रुपैयामा नेता कार्कीले २५ हजार रकम सहयोग गरेका हुन् । गत निर्वाचनमा प्रदेस सभामा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कार्कीले विद्यालयलाई प्रविधिको प्रयोगमा पहुँच बढाउनका लागि ल्यापटप वितरणमा सहयोग गरेका हुन् ।

विद्यार्थी नेता बास्तोलाका अनुसारः– सोलुखुम्बु सोताङका विरेन्द्रज्योति माध्यामिक विद्यालय, हुलु माध्यामिक विद्यालय, बखपलम माध्यामिक विद्यालय, महाकुलुङका छेस्काम माध्यामिक विद्यालय, गुदेल माध्यामिक विद्यालय, जनसुधार आधारभूत विद्यलाय, माप्यदुधकोशी गाउँपालिकाका सगरमाथा माध्यामिक विद्यालय, हिमालय आधारभूत विद्यालय लगायतका विद्यालयहरुलाई प्रतिविद्यालय एउटाका दरले ल्यापटप तथा ५०० थान विभिन्न क्षेत्र सग सम्बन्धित पुस्तक समेत वितरण गरिएको थियो ।

त्यस क्रममा त्यस क्षेत्रकै विद्युतको पहुँच भन्दा बाहिर रहेका १४४ जना विद्यार्थीलाई सोलार लाइट वितरण गरिएको छ । घण्टौँसम्म चार्ज टिकाउ हुने लाइट युएस नेपाल क्याइमर एसोसिएसनले अमेरिका बाट पठाएको हो । ल्यापटप सहयोग पाएपछि विद्यालयहरुले शैक्षिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । विरेन्द्रज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद फुयाँलले विद्यालयमा ल्यापटप पाएपछि प्रविधिको प्रयोगमा सहज हुने बताउनुभयो ।

नेता कार्कीले विरेन्द्रज्योति माध्यामिक विद्यालयका छात्रावासमा बस्ने विद्यार्थीलाई खाजा खर्चका लागि मासिक पाँच हजार र प्रारम्भिक बाल विकासका लागि खाजा खर्च मासिक पाँच हजार रुपियाँ एक बर्षसम्म उपलब्ध गर्ने घोषणा गर्नुभएको छ । निरन्तर समाजसेवामा लाग्नु भएका कार्कीले यस अगि पनि सोलुखुम्बु नेचासल्यान गाउपालिका भित्रका २८ वटा बिधालयलाई ल्यापटप बितरण गरिसक्नु भएको छ ।

शैक्षिक बिकास सहित सोलुखुम्बुको मुहार फेर्ने अभियानमा लाग्नु भएका नेता कार्किले सोलुखुम्बुका प्रत्येक जनताको घर घर मा पुगेर आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यत्त गर्नुभएको छ ।

गत निर्वाचनमा जे प्रतिबद्धता गरेको थियो त्यही पूरा गर्न लागिपरेको कार्कीले बताउनु भएको छ ।

यस अगाडि पनि सोलुखुम्बु जिल्ला भरिका विभिन्न संघ सस्थालाइ बिरामीलाई सडक र अस्पतालको पहुचमा पुर्याउन ७७ थान स्टेचर समेत नि शुल्क बितरण गरिसकिएको, विभिन्न बिधालयमा अक्षयकोष स्थापना,आर्थिक अवस्था कमजोर भएर उपचार बाट बन्चित बिरामीलाई आर्थिक सहयोग,बेरोजगार युबाहरुला रोजगारी दिने लगायतका काम गरिरहेको विद्यार्थी नेता बास्तोलाले बताए ।

सोलुखुम्बुमा आवश्यकता हेरेर अन्य बिधालयहरुलाइ पनि विभिन्न सहयोग गरिने र बत्तिको पहुच भन्दा बाहिर रहेका विद्यार्थीहरुलाइ सोलार लाइट बितरण गरिने कार्कीलाई उदृत गर्दै बास्तोलाले जानकारी दिए । सहयोग पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी छाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि