• होमपेज
  • अन्तरवार्ता
  • नेतालाई खल्तीमा मेडिकल कलेज हालेर हिड्न दिन भएन

नेतालाई खल्तीमा मेडिकल कलेज हालेर हिड्न दिन भएन

  • शनिबार, माघ ५, २०७५
नेतालाई खल्तीमा मेडिकल कलेज हालेर हिड्न दिन भएन

सत्याग्रही प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित विगतमा १५ पटक अनसन बसिसक्नु भयो । अहिले गोविन्द केसी फेरि १६ औंं पटक अनसनमा हुनुहुन्छ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित इलाममा अनसनरत सत्याग्रही प्रा. डा.गोविन्द केसीलाई इलाममा भेटी उहाँको स्वास्थ्य अवस्थाबारे चासो राखेको छ ।

केसीले थालेको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेको छ । डा केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ भन्दै चिकित्सा क्षेत्रका जानकार तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले कडा माग राख्नु भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि सरकारलाई दबाब दिन भन्दै डा. गोविन्द केसी अनसनमा छन् । विगतमा भए गरेका सम्झौता सरकारले पालना नगरेको केसीको आरोप छ । केसीको अनसनलाई कतिपयले अनावश्यक ढिपी भनेका छन् भने कतिपयले जायज ठानेका छन् । यसै विषयमा डा. केदारनरसिंह केसीसँग राजतिलक साप्ताहिकका लागि गरिएको कुराकानीको सम्पादित अंश

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कस्तो छ ?
२ साता भइसक्यो अनसन बसेको । स्वास्थ्य अवस्था जटिलउन्मुख हुँदैछ । गम्भीर अवस्था नै आइसकेको हामीले महसुस गरेका छौँ । तर उहाँको अनसन, माग र स्वास्थ्यबारे राज्यले पनि महसुस गर्नुपर्छ । तर त्यसो हुन सकिरहेको छैन् ।

सरकारसँग भए गरेका सम्झौता शतप्रतिशत पालना गर्नैपर्छ भन्नुहुन्छ ? यहाँ धेरै सम्झौता भएका छन् । खोई कार्यनयन भएको ?
आफैँले गरेको सहमति र सम्झौता कार्यान्वयन गर्न नसक्ने हो भने सरकारको गैरजिम्मेवारीपन हो । सम्झौता पालना नगर्ने हो भने सरकारले यसअघि केसीसँग गरेको सम्झौताको जिम्मेवार नेपाल सरकार होइन भनेर प्रधानमन्त्री केपी ओलीले भन्नुपर्यो । कि भने प्रधानमन्त्रीले राजिनामा गर्नुपर्यो । यस्तो अवस्थामा सरकारले राजिनामा दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

इलामेली बुद्धिजीवीको दृष्टिमा अनशन ‘अनुचित’ भनिएको छ नी ?
इलामेली बुद्धिजीवी भन्या को ? केहि ब्यक्तीले आफ्नो निहित स्वार्थका लागि जे भने पनि हुन्छ ? देश र जनताको लागि के आवश्यकता हो त्यो हुै पर्यो । उहाँहरुको कुरामा स्वार्थ लुकेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले डा गोविन्द केसीलाई नेपाली कांग्रेसले कम्युनिष्टको विरुद्धमा उचालेको भन्दै हुनुहुन्छ नी ?
कस्ले के भन्यो ब्यक्तीगत टिप्पणी गर्न चाहान्न ? डा गोविन्द केसीका माग राष्टिय माग हुन् । जनतासँग जोडिएका माग हुन् । राम्रा एजेण्डालाई जो कोहीले बोक्न सक्छ । उहाँ आज अनसन बसेको हो । १६ औं पटक भयो । जे बोले पनि भैगोनी ?

राज्यले के गर्नुपर्यो त ? प्रष्ट कुरा खुलाईदिनुस् न ?
केसीले १५ औँ अनसन बस्दा सरकार कुनै पनि हालतमा सबै माग पूरा गराइदिन्छौँ भनेर सम्झौता गरेको हो । तर ति माग पूरा गरिएन । कि त माग पूरा गर्न सकिन्न भनेर नैतिक रुपमा पछि हट्नुपर्यो । सरकार नै छाड्नुपर्यो । सरकार भनेको त सिङ्गो देशका जनताको प्रतिनिधी हो । जोसुकै सम्झौता गरे पनि सरकारले पालना गर्नुपर्छ । काठमाडौंभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने माग त पूरा भएको छ नि ? अरु माग पनि पूरा भएको सत्तारुढ दलले दावी गरेको छ ? फेरि अनसन किन ?

यो मात्रै होइन, गुणस्तरीय मेडिकल शिक्षा हुनुपर्यो । देशका सबै ठाउँमा गुणस्तरीय मेडिकल शिक्षाका लागि अनुगमन गर्ने, आवश्यक जनशक्ति तयार पार्नुपर्छ । आवश्यकता अनुसार काठमाडौं बाहिर जहाँ मेडिकल कलेज दिनुपर्छ । पार्टीका नेतालाई खल्तीमा मेडिकल हालेर हिँड्न दिन’ भएन । मापदण्ड पूरा भएको छ कि छैन हेर्नुपर्यो । अनुगमन हुनु पर्यो । बेथिति छ भने कारबाही हुनु पर्यो ।

मनमोहन अस्पताललाई अनुमति दिनुहुँदैन भन्ने केसीको माग त पूरा भयो नि ? होइन र ?
वास्तवमा नियम र पद्धति कुरा हो । कुनै एउटा संस्थाका विरुद्ध कुनै पनि माग गरिएको थिएन । मेडिकल शिक्षा अगाडी बढाउनुपर्छ भन्ने माग हो । मनमोहनलाई सम्बन्धन दिनुहुँदैन भनेको होइन । काठमाडौंमा प्रशस्त स्वास्थ्य सेवा भएकाले अब दूर दराजमा स्वास्थ्य सेवा लैजानका लागि नियम बनाउँ भनिएको हो ।

दुई तिहाई बहुमतको सरकारले तपाईले भन्दैमा राजिनामा दिनुपर्छ भन्ने छ र ?
आफूले नै गरेको सम्झौता पालना नगर्ने हो भने सरकारको के औचित्य ? बहुमतको सरकार कसरी भन्ने ? मतमा मात्रै बहुमत भएर हुँदैन, काम पनि देखिनुपर्छ ।

डा. गोविन्द केसी नै भ्रष्टाचारी भएको आरोपका बारेमा के भन्नुहुन्छ नी ?
सत्तारुढ दल र सरकारमा रहेका मन्त्रीहरुले अरबौँ खाँदा भ्रष्टाचारी नहुने गोविन्द केसी महिनाको ३५ हजार तलब खाने कसरी भ्रष्टाचारी भए ? जनताको सेवा गर्ने अनी कसरी भ्रष्टाचारी ? यो विषयमा म धेरै बहस गर्न चाहन्न । म यति मात्रै भन्छु केसीसँग सरकारले गरेका सम्झौता सरकारले नै पालना गरेन भने के हुन्छ ? यस्तो अवस्था आउनु भनेको यो सरकार दुई तिहाई बहुमतको होइन, अल्पमतको जस्तो हो । राज्य प्रमुख अभिभावक पनि हो । त्यो ख्याल गर्नु पर्छ प्रधानमन्त्री ओलीज्यू ले । Rajtilak Weekly

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि