• होमपेज
  • अर्थ/वाणिज्य
  • लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसनबीच सम्झौता

लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसनबीच सम्झौता

  • बिहिबार, माघ ३, २०७५
लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसनबीच सम्झौता

लक्ष्मी बैंक लि. तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ ।

कृषि क्षेत्रमा वित्तीय पहुँचलाई लाई सुदृढ बनाउने उद्देश्य सहित लक्ष्मी बैंक लि. तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधी बीच सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । यस पछि बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ ।

सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोयनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् । लक्ष्मी बैंक नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि हो ।

Facebook Comments

सम्बन्धित समाचार