• होमपेज
  • फिचर
  • एन आई सी एशिया डिबेन्चर निश्कासन

एन आई सी एशिया डिबेन्चर निश्कासन

  • बिहिबार, माघ ३, २०७५
एन आई सी एशिया डिबेन्चर निश्कासन

एन आई सी एशिया बैंक लिमिटेडले ‘एन आई सी एशिया डिबेन्चर २०८५÷८६’ विक्रीको लागि सार्वजानिक आव्हवन गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने छ ।

जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधि मार्फत निष्कासन गरिनेछ ।

बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको उक्त ऋणपत्रको लागि मिति २०७५÷१०÷१३ देखि सर्वसाधारणको लागि विक्रि खुला भई छिटोमा २०७५ ÷१०÷१६ तथा ढिलोमा २०७५÷११÷१३ सम्म विक्री खुल्ला रहने छ ।

उक्त ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडबाट जनाउने “CARE-NP A ग्रेडिङ्ग साथै, इक्रा नेपाल लिमिटबाट “[ICRANP-IR] A- ”  (A माइनस) (ICRA NP Issuer Rating A Minus) र Care Ratings Nepal लिमिटेडबाट “CARE-NP A (Is)”  ग्रेडिङ्ग प्रदान गरिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण कडि हुने बैंकले विश्वास गरेको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछांै ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७३ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा÷ ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार