• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ मान्यता प्राप्त

माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ मान्यता प्राप्त

  • बिहिबार, पुस २६, २०७५
माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ मान्यता प्राप्त

माछापुच्छ्रे बैंक आईएसओ ९००१ः २०१५ मान्यता प्राप्त बैंकिङ्ग संस्था बन्न सफल भएको छ । उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युके द्वारा प्रदान गरिएको हो ।

आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्दि«त कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्दछ ।

बैंकको ग्राहक केन्दि«त योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार