• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया बैंकद्वारा बिमा दाबी भुक्तानी

एन आई सी एशिया बैंकद्वारा बिमा दाबी भुक्तानी

  • बिहिबार, पुस २६, २०७५
एन आई सी एशिया बैंकद्वारा बिमा दाबी भुक्तानी

एन आई सी एशिया बैंक लिमिटेडको अत्यन्त लोकप्रिय रहेकोे बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्नुभएको बैंकका आदरणीय ग्राहक स्वर्गीय राज कृष्ण श्रेष्ठको दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा रु. ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठज्यूलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।

उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरियो उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको बताएका थिए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार