• होमपेज
  • बैंकिङ्ग
  • टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी

टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी

  • आइतवार, पुस २२, २०७५
टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएका छन् । सरकारले खुल्ला प्रतिस्पर्धाबाट टेलिकममै कार्यरत अधिकारीलाई तीन वर्षको लागि नियुक्त गरेको हो ।

अन्तिम प्रतिस्पर्धामा रहेका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र १० तहकै संगिता पहाडीलाई पछाडि पार्दै अधिकारी टेलिकमको नेतृत्वमा पुग्न सफल भएका हुन् ।

२०५९ सालमा टेलिकमा सातौं तहबाट प्रवेश गरेका अधिकारी २०६५ सालमा आठौं तह, २०७० सालमा नवौं र २०७५ भदौमा १०औं र पुसमा प्रबन्ध निर्देशकको पदमा नियुक्त भएका हुन् ।

१० जनाको आवेदन परेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा गठित छनोट समितिले ८ जनाको नाम छनोट गरेको थियो । तीमध्ये अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

११ जना प्रतिस्पर्दीबाट अन्तिम तीन जनामा छानिएका टेलिकमका ५४ नम्बरका प्रबन्धक दशौं तहबाट १५ अर्बको कम्पनीको प्रमुख बन्न सफल भएका छन् । चितवन निवासी अधिकारीलाई अन्य आफूभन्दा ५३ जना वरिष्ठ कर्मचारीलाई मिलाएर टेलिकम हाक्ने चुनौति पनि छ ।

प्रतिस्पर्धामा रहेका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको प्रबन्ध निर्देशक भएका हुन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि