• होमपेज
  • समाचार
  • शिखरको भृकुटी मण्डपमा एकल सेल मेला सुरु

शिखरको भृकुटी मण्डपमा एकल सेल मेला सुरु

  • शुक्रबार, पुस २०, २०७५
शिखरको भृकुटी मण्डपमा एकल सेल मेला सुरु

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा एकल सेल मेला सुरु गरेको छ । मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए ।

मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामला मन्त्री कैलास ढुंगेलले शुक्रबार उद्घाटन गरे । मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले नेपाली जुत्ता उपयोग गरेर नेपाली नागरिकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने शिखर सुजका प्रबन्ध निर्देशक प्रसाईले बताए । उनका अनुसार मेलामा १७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन् ।

शिखरको सेल मेला ग्राहकका लागि निकै सस्तोमा जुत्ता चप्पल किन्ने अबसर हुने कम्पनीले दावी गरेको छ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ताचप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्, प्रबन्ध निर्देशक प्रसाइले भने, राजधनीका ग्राहकलाई यस्तो अबसर फेरि नआउन सक्छ ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् । नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राखेको छ । स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराउने छौं, प्रसाईंले भने ।

मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि