२ अर्वको शेयर बजारमा

  • बिहिबार, पुस १९, २०७५
२ अर्वको शेयर बजारमा

भूपेन्द्र आचार्य । नेपाली बैक र वित्तिय क्षेत्रमा चर्को तरलता अभाव देखिन्छ । तर, बैंक र वित्तिय क्षेत्र सधै नाफामै छन् । अहिले साधारण सभाको चटारो छ । बैंक र वित्तिय क्षेत्रलाई १० कम्पनीको ३० अर्बको हकप्रद लगानीकर्ताले पाउने भएका छन् । यो खुशीको कुरा मान्ने पर्दछ ।

शेयरको भाउ खरानी भएका लगानीकर्ताहरुका लागि हकप्रद शेयरले केही राहत मिलेको छ ।
विभिन्न १० वटा कम्पनीको ३ अर्ब ४८ करोड २८ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको ३ करोड ४८ लाख २८ हजार ६८५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएका छन् ।

यी कम्पनीहरुले हालै नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख ३ हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनीले १ बराबर ८ दशमलव ६४ को अनुपातमा ३५ करोड ८५ लाख २६४ कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरेको देखिन्छ ।

एसियन लाइफ इन्स्योरेन्सले १ बराबर शून्य दशमलव ६ को अनुपातमा ७५ लाख ४० हजार ३५२ कित्ता, मेरो माइक्रोफाइनान्सको १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता, सिर्जना फाइनान्सको १० बराबर ६ को अनुपातमा २४ लाख ४ हजार ८० कित्ता र नेपाल इन्स्योरेन्सको १ बराबर शून्य दशमलव ६५ को अनुपातमा ४० लाख १४ हजार ६५१ कित्ता निष्काशनकै तयारीमा रहेका देछिन्छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाको २ बराबरको १ को अनुपातमा ३ लाख २९ हजार ८८९ कित्ता, बरुण हाइड्रेपावर कम्पनी १ बराबरको १ को अनुपातमा २५ लाख ५१ हजार ५ सय कित्ता, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ बराबर १ कित्ता र अपि पावर कम्पनीको १ बराबर २ को अनुपातमा २१ लाख कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको स्रोतको दावी छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद जारी गर्न स्वीकृत पाएको छ । कम्पनी १० बराबर ७ को अनुपातमा ७९ लाख २३ हजार ३ सय कित्ता बराबरको ७९ करोड २३ लाख ३० हजार रुपैयाँको हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

जे भएपनि यी १० कम्पनीका हकप्रद शेयरले कम्पनीहरुको पुँजी बृद्धि हुने देखिन्छ । भने लगानीकर्ताहरुलाई थप राहत भएको भन्न सकिन्छ । यो स्वागयोग्य कदम नै मान्नु पर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार