• होमपेज
  • रेमिटेन्स
  • आइएमईबाट धिरेन्द्रले जिते वीस लाख

आइएमईबाट धिरेन्द्रले जिते वीस लाख

  • बिहिबार, पुस १९, २०७५
आइएमईबाट धिरेन्द्रले जिते वीस लाख

नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।

मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका छन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्री यकार्यालय पानीपोखरीमा आजआयोजित भाग्यशाली विजेता छनोट कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवाउपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए । आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैँमा वीस लाख’ योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको ब्यापार अभिवृद्विभएको बताउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

ब्राण्ड एम्बासडरद्वय दीपक राजगिरि र दीपाश्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बासडर हुन पाउँदा सन्तोष लागेको बताउदै विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई ब्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि