• होमपेज
  • मनोरञ्जन
  • चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

  • बुधबार, पुस १८, २०७५
चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन आएको छ।मंगलबार हेटौंडा बाट आफ्नो मोफसल यात्रा सुरु गरेको चलचित्र ‘चौका दाउ’ को टोलीले बुधबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको हो ।

पत्रकार भेटघाटमा चलचित्र निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र चलचित्र समाजिक हाँस्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हाँस्यव्यंग्य तरिकाले चलचित्रमा उतारिएको बताए।चलचित्रमा चार जना बुडाहरुले केटि सग सम्बन्द राख्न के के गर्न तयार हुन्छ भन्ने बिसयमा रहेर निर्माण गरिएको बताए ।चलचित्रले अहिलेको   समाजको यथार्थ देखाउने झाले बताए।

पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ कलाकार एवं चलचित्रका मुख्य कलाकार सन्तोष पन्तले चलचित्रको कथावस्तु राम्रो रहेकोले आफू पनि चलचित्रप्रति सकरात्मक रहेकाले अभिनय गरेको बताउँदै समाजको यथार्थलाई चलचित्रको पर्दामा कैद गरिएकाले सबैले हेर्नैपर्ने बताए।आफ्नो रोल सुरु बाट अन्तिम सम्म भएको र कथा बस्तु मन परेर अभिनय रहेको बताउदै पन्तले एक पटक सबैलाई हेर्न अनुरोध गर्नु भयो ।

नायिका वर्षा राउतले मानिसले काम विगारेपछि त्यसको भागिदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन्।आफुले यस चलचित्रमा सन्तोष पन्त लगायत अन्य पुराना नया सग काम गर्दा खुसि लागेको बताउदै चलचित्र साचिकै राम्रो बनेको बताउनु भयो ।

एक करोड रुपैयाँ भन्दा माथि  निर्माण रहेको चलचित्र  ‘चौका दाउ’कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रका बारेमा सहजीकरण गरेका थिए।चलचित्र युनिट चितवनमा पत्रकार भेटघाट सकेर बुटवल हुदै पोखरा सम्म पुग्ने छ  ।

पूणेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र झा , सन्तोष पन्त , तैयब शाह, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ।

शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि