• होमपेज
  • समाचार
  • जुत्ता मेलामा ग्राहकहरुको उत्साहजनक सहभागीता

जुत्ता मेलामा ग्राहकहरुको उत्साहजनक सहभागीता

  • आइतवार, पुस १५, २०७५
जुत्ता मेलामा ग्राहकहरुको उत्साहजनक सहभागीता

गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ ।

शनिबार ३० हजार भन्दा बढीले अवलोकन गरेको प्रदर्शनीमा विभिन्न सेलिब्रेटीले पनि प्रदर्शनीको अवलोकन गरेको प्रदर्शनीका संयोजक नवराज गौतमले जानकारी दिएका छन्। । शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्की लगायतले प्रदर्शनीको अवलोकन गरेका छन्। त्यस्तै आइतबार काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले प्रदर्शनीको अवलोकन गरेकी छन्। ।

संयोजक गौतमका अनुसार सोमबार अभिनेता निखिल उप्रेती, मिस नेपाल शृंखला खतिवडाले अवलोकन गर्ने कार्यक्रम रहेको छ । विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको गौतमले बताए ।

“राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरुको भव्य पेभिलियन सहित १४० वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहको आयोजकले जानकारी दिएका छन् ।

विदेशी जुत्ता ,चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगीक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको वजार प्रवर्धन हुनुका साथै आयात प्रतिस्थापन लाई न्यूनिकरण गराई निर्यात प्रवर्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा १४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरुको समेत सहभागीता रहेको छ । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहनेछन् ।

प्रदर्शनीमा अशक्तता तथा जेष्ठ नागरिकहरु, स्कुल तथा कलेजबाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाएको छ भने राष्ट्रिय पोशाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि