• होमपेज
  • प्रविधि
  • विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

  • शुक्रबार, पुस १३, २०७५
विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ ।

नागरिकलाई विद्युुत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताउनुभयो । नागरिकका लागि विश्राम गर्न बनाइएको प्रतिक्षालयमा रातो रङ्गको टेण्ट खडा गरी मोबाइल एपबाट रकम ट्रान्सफर गरी छिटो विद्युत् महसुल बुझाउन सकिने भन्दै उपभोक्तालाई आकर्षित गरिरहेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको काउण्टरमा छुट दिने गरिएको छ । केही महीनादेखि कार्यालय परिसरभित्र रहेका काउण्टरबाटै इ–सेवा प्रदान गर्नेे निजी क्षेत्रका कम्पनीले उपभोक्तालाई आकर्षित गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार