• होमपेज
  • समाचार
  • कालीमाटी बजारमा सामान्य सुधार

कालीमाटी बजारमा सामान्य सुधार

  • बिहिबार, पुस १२, २०७५
कालीमाटी बजारमा सामान्य सुधार

सरकारले सकारात्मक प्रयास गरे पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा उल्लेख्य परिवर्तन हुन नसकेको पाइएको छ । त्यहाँ सामान्य सुधार भएको पाइएको छ ।

कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा बजारमा केही सुधार भए पनि पूर्णरुपमा सुधार आउन अझै केही समय लाग्ने देखिएको हो । अनुगमनका क्रममा राज्यमन्त्री चौधरीले नियम, कानून र मापदण्ड उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले कानून सबैलाई समानरुपमा लाग्ने र उल्लङ्घन गरे कारवाही गर्न सरकार पछि नहट्ने बताउनुभयो ।

गत जेठ २१ गते मन्त्री चक्रपाणि खनालले अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्यमन्त्री चौधरी आज कालीमाटी पुग्नुभएको हो । उहाँले पहिलेको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताउनुभयो । “पहिलोपटक अनुगमनमा आउँदा निकै अस्तव्यस्त र फोहर थियो,” उहाँले भन्नुभयो, “केही कमि आएको छ, यतिले मात्र पुग्दैन ।”

राज्यमन्त्री चौधरीसँग व्यवसायीले तरकारी तथा फलफूल बजार सानो भएको र कृषिउपज ढुवानी गर्ने सवारी साधान निर्वाध प्रयोगमा समस्या रहेको गुनासो गरेका थिए । कूल ४५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजारमा ५६३ कक्ष छन् । जेठ २१ गते मन्त्री खनाल र राज्यमन्त्री चौधरीको अनुगमनपछि कारवाहीका लागि सिफारिश गरिएका ९८ व्यवसायीलाई कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टीकरण सोधी ५७ जनाको इजाजत खारेज गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि