• होमपेज
  • बजार
  • १५ औं औद्योगिक प्रदर्शनी हुँदै

१५ औं औद्योगिक प्रदर्शनी हुँदै

  • सोमवार, पुस ९, २०७५
१५ औं औद्योगिक प्रदर्शनी हुँदै

देशमा छरिएर रहेका जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु तथा छालाजन्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई संगठित गरि देशलाई जुत्ता, चप्पल र छाला जन्य वस्तुको क्षेत्रमा आत्मनिर्भर बनाउदै अन्तर्राष्ट्रिय वजारमा निर्यातका निमित्त प्रतिष्पर्धी बनाउन आईपर्ने समस्या र चुनौतिको सामुहिक रुपमा पहल र प्रयत्न गर्दै देशलाई सम्वृद्ध बनाउनका लागि यो क्षेत्रले पनि केही योगदान पु¥याउन सकोस भन्ने अभिप्रायले २०५७ सालमा स्थापना भएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले यस वर्ष पनि औद्योगिक प्रदर्शनी गर्ने भएको छ ।

यस संघले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ बि. सं. २०६० साल देखि हरेक वर्ष जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १४आंै राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरि सफलता पूर्वक सम्पन्न गरिसकेकोछ ।

प्रत्येक वर्ष आयोजना गरिएको हाम्रो प्रदशर्नीको लोकप्रियता बढ्दै गइरहेको फलस्वरुप यस वर्ष “राष्ट्र समृद्धीको आधार स्वदेशी उत्पादनको प्रयोग” भने मूल नाराका साथ १५आंै राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५ को आयोजना गर्न पाउनु हामी सबैले गौरबको अनुभूति गरेका छौं ।

यस औद्योगिक प्रदर्शनीको माध्यमबाट आम उपभोक्तका विचमा आफ्ना उत्पादनहरु परिचित गराउने, स्वदेशी उत्पादनको प्रयोगका निमित्त अभिप्रेरित गर्ने , उत्पादक र उपभोक्ताका बिचमा सीधा सम्पर्क कायम गरि उपभोक्ताका गुनासा, सल्लाह सुझावहरु प्रत्यक्ष रुपमा प्राप्त गर्ने, जुत्ता चप्पलमा प्रयोग गरिने कच्चा प्रदार्थ, गुणस्तर आदिका वारेमा उपभोक्तालाई जानकारी प्रदान गर्ने अवसरका रुपमा यो औद्योगिक प्रदर्शनीलाई लिईएको छ ।

विद्यमान अवस्थामा ठूला तथा मझ्यौला उद्योगहरु २२१, लेडिज चप्पल मात्र उत्पादन गर्ने उद्योगहरु १४०, दर्ता भएका संगठित असंगठित परम्परागत पेशामा आधारित अनुमानित लघु उद्योगहरु ६४०, फेल्ट तथा ह्याण्डिक्राफ्टमा आधारित ५०० गरि करिव १५०० भन्दा बढी उद्योगहरु रहेको अनुमान गरिएकोछ ।

सरकारी स्वामित्वमा संचालित वाँसवारी छाला जुत्ता कारखाना निजीकरण गरिएपश्चात प्रवेश गरेको निजी क्षेत्र २० वर्षको अवधिमा १५०० भन्दा बढीको संख्यामा स्थापना हुनुलाई स्वाभाविक मान्न नसकिएको भएतापनि यो क्षेत्रको आकर्षण अझ वढ्दोछ । उद्योगहरु स्थापना हुने क्रम जारी छ । निरन्तर उद्योगका संख्या वढि रहेका छन् । जुत्ता, चप्पल छालाजन्य बस्तुहरुको उत्पादनको क्षेत्र भनेको स्वदेशमा नै प्रशस्त रोजगारी सिर्जना गराउने महत्वपूर्ण र उर्वर क्षेत्रको रुपमा रहेकोछ ।

परम्परागत रुपमा शिप सिकेका जनशक्तिहरु क्रमशः यो क्षेत्रबाट पलायन हुदै गएको कारणवाट यो क्षेत्रको मूल समस्या भनेको दक्ष जनशक्तिकोे अभाव भएको हुंदा यस संघले नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोग लिई पटक पटक गरि ५ वर्षको अवधिमा २००० भन्दा वढि व्यक्तिलाई तालिम दिई ति व्यक्तिहरुलाई रोजगारि समेत प्रदान गरिएकोछ । तालिम दिई दक्ष बनाईएका जनशक्तिमा करिव ९० प्रतिशत जनशक्ति महिला रहेका छन् ।

सानो लगानीबाट पनि जुत्ता चप्पल उत्पादनको कार्य सञ्चालन गर्न सकिने भएको तथा परम्परागत पुख्र्यौली पेशाको रुपमा जुत्ता चप्पल उत्पादन गर्ने शिल्पीहरुको संख्या नेपालको कुनाकाप्चा सम्म छरिएर रहेका कारण यस्ता उद्योगहरुमा कति लगानी भएकोछ भन्ने यकिनका साथ भन्न सकिने अवस्था रहेको छैन ।

उद्योगहरुले वार्षिक ६०० देखि ८००० जोर सम्म जुत्ता चप्पल उत्पादन गर्ने र यस्ता उद्योगहरु उपत्यका वाहिर ५०० , उपत्यका भित्र १४० गरि ६४० रहेको र आधुनिक उपकरणहरुको प्रयोग गरि दैनिक २०० देखि २५००० जोर सम्म जुत्ता, चप्पल उत्पादन गरि उद्योगको रुपमा विकास भएका यस क्षेत्रमा संलग्न उद्यमी व्यवसायीहरु को मात्र करिव ३० अरव भन्दा वढिको लगानी रहेको तथा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको र त्यसमध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेकाछन् ।

उद्यमी व्यवसायीहरुले आप्mनो उद्योग ,व्यवसाय संचालन गर्न करिव १० अरव भन्दा बढि विभिन्न वैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएको पाईन्छ । यसरी बैकवाट चर्को व्याज दरमा ऋण लिई विभिन्न गुणस्तरका जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु उत्पादन गरी निकासी हुने सम्मको अवस्थामा बैकहरुले ४ पटक सम्म अस्थिर व्याज लिने भएको हुंदा जुत्ता,चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादन लागत बढ्नगई छिमेकी मुलुकहरु संगको प्रतिष्पर्धात्मक क्षमतामा सुधार हुन नसकी निकासी समेत घट्न गएको प्रमुख कारण मध्ये यो पनि एक हो भन्ने हामीलाई लागेको छ ।

नेपालीहरुको आयस्तरमा भएको वृद्धि संगै वदलिदो फेशन र बाहिरी संसार संगको वढि सम्पर्क विस्तारका कारण जुत्ता चप्पलको प्रयोग नेपालमा बढ्दै आएकोछ । खासगरि औपचारिक, अनौपचारिक, कामगर्दा लगाउने, विद्यालय, कार्यस्थल, वगैंचा, वाथरुम, भान्सा, पार्टी, घुमफिर आदिमा अलग अलग प्रकारका जुत्ता चप्पल लगाउने चलन बढेको छ भने मध्यम तथा उच्च वर्गका महिलाहरुले कपडाको रंग संग सेट मिलाएर लगाउने बढ्दो चलनले गर्दा नेपालमा जुत्ता चप्पलको उपभोग संगै उत्पादन पनि बढ्दै गएकोछ र बढ्दो क्रममा रहेको छ ।

नेपालमा प्रति व्यक्ति वार्षिक २.६६ जोर विभिन्न प्रकारका जुत्ता चप्पल खपत हुने गरेकोछ । यस आधारमा भन्ने हो भने नेपालमा लगभग न्यूनतम ८ देखि १० करोड जोडी विभिन्न प्रकारका जुत्ता चप्पलको माग रहेको देखिन्छ । साथै नेपालमा छालाजन्य वस्तुहरु छालाका ज्याकेट, वेल्ट, पर्स, जेन्स तथा लेडिज व्याग, कि रिङ्ग, कि व्याग आदिको अत्याधिक माग रहेको तथा माथि उल्लेखित प्रत्येक वस्तुहरु प्रत्येक व्यक्तिलाई अनिवार्य आवश्यक रहको र यी वस्तुहरुको माग करोडको संख्यामा छ तर उत्पादन भने लाखको संख्यामा पनि हुन सकिरहेको छैन ।

अधिकांश वस्तुहरु अन्य मुलुकबाट आयात हुने गरेका छन् । यी वस्तुहरु उत्पादन गर्ने उद्योगहरुको संख्या न्यून छ । दक्ष जनशक्तिको अभावका कारण उद्योगको विकास र विस्तार हुन सकिरहेको छैन । दक्ष जनशक्तिको उत्पादन गर्न सकेमा यो क्षेत्रमा अत्याधिक रोजगारी सिर्जना गरी छालाजन्य वस्तुहरुमा पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । जुत्ता चप्पल उत्पादनमा लाग्ने कूल खर्च मध्ये ५० देखि ७५ प्रतिशत भाग कच्चा पदार्थ रहे पनि लगभग ७५ देखि ९० प्रतिशत कच्चा पदार्थहरुको आयात गर्नु पर्ने भएकोले कच्चा पदार्थहरुको आयात चीन र भारत लगायत अन्य मुलुकहरुवाट समेत आयात हुने गरेको छ ।

जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको आयात तथा निर्यातको अवस्था लाई नियाल्दा आ.व.२०७४÷०७५ मा मात्र नेपालमा रु ४ अरव २५ करोड ६८ लाख ७७ हजार ५३६ रुपैया वरावरको ४ करोड १ लाख ६४ हजार ४३५ जोडी विभिन्न प्रकारका जुत्ता चप्पल आयात भएको देखिन्छ । नेपालमा उत्पादित १ अरव २८ करोड ५० लाख ४ हजार ८८४ रुपैया वरावरको १ करोड २१ लाख ६५ हजार ७३७ जोडी जुत्ता चप्पल निर्यात भएको देखिएको छ ।

माग भएको संख्या र निर्यात भएको संख्यामा आयातित संख्या घटाउदा आ.व. २०७४÷२०७५ मा नेपालमा करिब ५ करोड २० लाख १ हजार ३०२ जोडी अर्थात करिब ६५ प्रतिशत जुत्ता, चप्पल आन्तरिक रुपमा उत्पादन भएको देखिन्छ । एकातर्पm माग अनुसारको आपूर्ति स्वदेशी उत्पादनले गर्न सकिरहेको छैन भने अर्कातर्पm पूर्णरुपमा उत्पादन हुने हो भने नेपालका उद्योगहरुको वार्षिक १२ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको समेत रहेको हुंदा सम्पूर्ण जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुका उत्पादन गर्ने उद्योगहरुलाई वातावरणिय मैत्री उत्पादन, लगानी प्रवद्र्धनको माध्यबाट स्वदेशमा नै प्रशस्त रोजगारी को श्रृजना गरि आयातलाई प्रतिस्थापन गर्ने उदेश्यले संघको पहलमा नेपाल सरकारको सहयोग र हामी निजी क्षेत्रका उद्यमी व्यसायीहरु को लगानी तथा सकृय सहभागितामा नेपाल मै पहिलोपटक छुट्टै औद्योगिक ग्रामको स्थापना गरिएको छ ।

स्थापित औद्योगिक ग्राम संचालनको लागि आवस्यक पर्ने पूर्वाधारहरु को विकास गर्ने प्रकृयामा रहेको र आगामी पाँच वर्ष भित्रमा नेपाली जुत्ता, चप्पल तथा छालाजन्य विभिन्न वस्तुहरु उत्पादन गर्ने उत्पादन मूलक उद्योगहरु मार्फत संचालनमा आई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरु को निर्यात अभिबृद्धि भै आयातलाई प्रस्थिापन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

दक्षिण तर्फको खुल्ला सिमानावाट अनियन्त्रित रुपमा जुत्ता चप्पलहरु चोरी पैठारी नहुने हो र तयारी बस्तुको आयातमा न्यून बिजकिकरण नहुने हो भने नेपाली जुत्ताचप्पल उद्योगहरुको प्रतिस्पर्धि क्षमतामा ब्यापक बुद्धि भई उद्योगहरु पूर्ण क्षमतामा संचालन हुनसक्ने थियो । यति हुदाहुदै पनि नेपाली जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको क्षेत्रमा सुनौला सम्भावनाहरु पनि श्रृजना भएका छन् । नेपाली जुत्ता चप्पल स्वदेशमा मात्र नभइ विदेशमा पनि आकर्षणको रुपमा रहेकोछ । यस पटक आयोजना गरिएको १५औं राष्ट्रिय औद्यौगिक प्रदर्शनीको विशेषता भनेको बिक्रीलाई भन्दा स्वदेशमा उत्पादन हुने ब्राण्डका वारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

आगामी दिनहरुमा नेपाली जुत्ता ,चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादकत्व अभिवृद्धीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो उत्पादनको साख कायम गरी निर्यात प्रवद्र्धन गर्ने कार्यलाइ मूर्तरुप प्रदान गर्न हामी उद्यमी व्यवसायी साथीहरु सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह« सरकारी निकायहरुबाट समेत सहयोग प्राप्त नहोला भन्न सकिन्न ।

गत बर्ष यसै भृकुटीमण्डपको ठूलो हलमा १४औं औद्योगिक प्रदर्शनी सम्पन्न गरेका थियौं । यस बर्ष पनि हामीले फेरी भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलमा १५औं जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको औद्योगिक प्रदर्शनी आयोजना गर्दैछौं । यो प्रदर्शनीमा जम्मा १४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरु को समेत सहभागीता रहनेछ । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि