• होमपेज
  • प्रविधि
  • मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि

मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि

  • आइतवार, पुस १, २०७५
मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि

मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।

भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ । मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो ।

यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ ।

यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने मेगा बैंकको विश्वास छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको सुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उहाँको विश्वास छ ।

आइजिल्यान्ट टेक्नोलोजीका सिइओ प्रशान्त मेन्गावाडेले आफूहरुसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको भन्दै यसले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि