• होमपेज
  • मनोरञ्जन
  • फिल्म ‘गोपी’को पोस्टर रिलिज

फिल्म ‘गोपी’को पोस्टर रिलिज

  • बुधबार, मंसिर २६, २०७५
फिल्म ‘गोपी’को पोस्टर रिलिज

विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म ‘गोपी’को पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । फिल्म आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।

पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन् । एकैप्रकारको पोस्टर आइरहेका बेला फरक र मौलिक पोस्टर डिजाइन गर्न पाएकोमा बस्याल सन्तुष्ट छन् । उनी भन्छन्, ‘मलाई धेरैपछि मन परेको पोस्टर हो यो ।’

विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले थपे, पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि