• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकको एकसाथ तीन शाखा

माछापुच्छ्रे बैंकको एकसाथ तीन शाखा

  • शुक्रबार, मंसिर २१, २०७५
माछापुच्छ्रे बैंकको एकसाथ तीन शाखा

माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकल मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपले गर्नुभयो ।

त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपले गर्नुभयो र कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपले गर्नुभयो ।

शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यस बैकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्व निक्षेप परिचालन गरी रु. ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ ।


बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि