• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंक र एफएनसिएसआईबीच सहमति

एनएमबि बैंक र एफएनसिएसआईबीच सहमति

  • बिहिबार, मंसिर २०, २०७५
एनएमबि बैंक र एफएनसिएसआईबीच सहमति

एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।

एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५,००० सदस्यहरुमाझ संचालन गर्नेछ जसमध्ये ९,००० सदस्यहरु महिला उद्यमी रहेका छन् ।

वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका विश्वाश छ ।

आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत श्री गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महा सचिव श्री डम्बर प्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । एनएमबि बैंकमा एफएमओ, नेदरल्याण्ड्ससँग १७% लगानि रहेको छ र बैंक लगातार २०१७ र २०१८ को लागि ”बैंक अफ दि एयर“ अवार्डबाट सम्मानित भएकोे छ । हाल यस बैंकले ११० शाखा कार्यालयहरु मार्फत् देशभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि