• होमपेज
  • मनोरञ्जन
  • “माया कस्तो लाए” सार्बजनिक

“माया कस्तो लाए” सार्बजनिक

  • मङ्लबार, मंसिर १८, २०७५
“माया कस्तो लाए” सार्बजनिक

अमेरिकामा बसोबास गर्दै आएकी गायिका गायिका गुन्जन उपाध्यायको “माया कस्तो लाए” सार्बजनिक भएको छ l बाल्यकाल देखिनै सांगीतिक माहोलमा हुर्केकीगायिका गुन्जन आफ्नै बाबा तुंगनाथ उपाध्याय बाट संगीतको प्रशिक्षण लिदै गित  गाउदै आएकी छिन l

 नेपालका प्रसिद्ध तबला वादक  पं होमनाथ उपाध्याय द्वारा स्थापित ‘प्रस्तार’ समूहमा समेत संगीत सिकेकी उनि सानै देखि गित संगीतमा रुचि राख्दै आएकी सुमधुर आवाजकी धनि गायिका हुन् l उनले बाल्यकाल देखिनै नेपाली सांगीतिक क्षेत्रमा भजन लगायतअन्य धेरै गितहरु रेकर्ड गराइसकेकि छिन l

परदेशी भूमिमा बसेर पनि सदैब नेपाली सांगीतिक क्षेत्रलाइ माया गर्दै आफ्नो गायन यात्रामा निरन्तर लागिरहेकी गायिका गुन्जनलेअमेरिकामा हुने विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिदै आएकी छिन l

गित रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन समेत अमेरीकामा नै गरिएको यो गीतलाइ गायिका गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो

तुंगनेपाल नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका उनले अमेरीकामा पनि नेपाली गीत संगीत, सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत,वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार संगीतकार तथा गायक पनि हुन् ।

सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् भनेभिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=7MUsMHEd_wQ

Facebook Comments

सम्बन्धित समाचार