• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकको कैलाली र कञ्चनपुर नयाँ शाखा सञ्चालन

ज्योति विकास बैंकको कैलाली र कञ्चनपुर नयाँ शाखा सञ्चालन

  • मङ्लबार, मंसिर १८, २०७५
ज्योति विकास बैंकको कैलाली र कञ्चनपुर नयाँ शाखा सञ्चालन

ज्योति विकास बैंक लि. ले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अथिति हसुलिया गाउँपालिका अध्यक्ष श्री लाजुराम चौधरीज्यू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।

भीमदत्त नगरपालिका वडा नं ४, महेन्द्रनगर, कञ्चनपुरमा मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक धनगढि, कैलालीका निर्देशक किरण पण्डीत तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीरा संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ब्त्ः मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार