• होमपेज
  • बीमा
  • आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबिच सम्झौता

  • मङ्लबार, मंसिर १८, २०७५
आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बिच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गर्नुभयो ।

सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा रु.१० लाख बराबरको दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंदै आफना ग्राहक महानुभावहरुलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स लि. संग बीमा सेवाको लागि संझौता गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी आइएमई जनरल इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो

Facebook Comments

सम्बन्धित समाचार