• होमपेज
  • मनोरञ्जन
  • हरेक प्रेमीहरुले एक पटक हेर्नैपर्ने भिडियो जानी नजानी

हरेक प्रेमीहरुले एक पटक हेर्नैपर्ने भिडियो जानी नजानी

  • सोमवार, मंसिर १७, २०७५
हरेक प्रेमीहरुले एक पटक हेर्नैपर्ने भिडियो जानी नजानी

अमेरिकामा बस्दै आएका गायक बिधान कालीकोटेको स्वर रहेको गीत जानी नजानीको भिडियो सार्वजनिक भएको छ । करिब १ दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायिका राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् ।
तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय रहेको छ । भिडियोमा श्रृषालाई नायक तथा मोडल बिनोद न्यौपानेले अभिनयमा साथ दिएका छन् । हल्का हल्का उदाउँछ जुन वारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा काम गरेकी मोडल तथा गायिका शृषाले फिल्ममा अभिनय गर्न थालीरहेका बेला उनको कामको चौतर्फी तारिफ सुरु भएको छ ।
मोडलीङ र गायनको यात्रालाई सँगसँगै लेजान सफल शृषा अहिले आएर चलचित्रमा पनि अभिनय गर्दैछिन् । हाल पोखरामा छायांकन भइरहेको फिल्ममा शृषाले दयाहागं राई लगायतका चर्चित कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् ।
उनै शृषाले अभिनय गरेको त्यो पारी पाखामा बोलको गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा पाइरहेको छ । संगीतकार तुला स्वयमको निर्देशन रहेको भिडियोमा निसान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन तथा बिक्रम गौतमको शृगार रहेको छ । भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो भने भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।
Facebook Comments

सम्बन्धित समाचार