सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३०जना विजेताले रु १०,००० र १ जनाले रु १००,००० जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

सिटी एक्स्प्रेसको“लखपति एक्स्प्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्नसक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर

उपहार रसिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० सम्म जित्न सक्ने छन् । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्