• होमपेज
  • बीमा
  • प्राइमलाइफद्धारा अभिकर्तालाइ तालिम सम्पन्न

प्राइमलाइफद्धारा अभिकर्तालाइ तालिम सम्पन्न

  • आइतवार, मंसिर १६, २०७५
प्राइमलाइफद्धारा अभिकर्तालाइ तालिम सम्पन्न

प्राइमलाइफ इन्स्योरेन्स क.लि. ले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आप्mना अभिकर्ताहरुलाई पुनर्ताजगी प्रदान गरी गाउँगाउँमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन भएको थियो ।

तालिम वुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकत्वमा सम्पन्न भएको थियो ।

साथै सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, वुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक सर्मिला आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए ।

साथमा, बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए । तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार