सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गरेका यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा ३ करोड २६ लाख रुपैयाँ रहेको यसले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो बीमा कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ५५ करोड ७२ लाख र बीमा कोषमा ४८ करोड ८७ लाख रुैयाँ रहेको छ । यसले महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ राखेको पनि उल्लेख छ ।

यो बीमा कम्पनीले बीमा शुल्क आर्जनबाट जम्मा ६० करोड ५८ लाख रुपैयाँ चालू आवको पहिलो त्रैमासमै कमाएको छ । यसले जारी गरेको बीमालेखको संख्या ३१ हजार ७८४ रहेको छ भने नवीकरण भएको बीमालेखको खंख्या जम्मा १२ हजार १९६ रहेको छ ।

यसले हालसम्म २६ करोड २० लाख दाबी भुक्तानी दिइसकेको छ भने भुक्तानी गर्न बाँकी २२ सय ४४ वटा बीमालेखको ४८ करोड ४३ लाख रहेको छ । यसको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८६ पैसा छ । यसको प्रति शेयर नेटवर्थ ३०९ रुपैयाँ ९० पैसा रहेको पनि उल्लेख छ ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्