• होमपेज
  • बजार
  • तामाकोशी डाइड्रो पावरको शेयर बाँडफाड

तामाकोशी डाइड्रो पावरको शेयर बाँडफाड

  • मङ्लबार, मंसिर ११, २०७५
तामाकोशी डाइड्रो पावरको शेयर बाँडफाड

अपर तामाकोशी हाइड्रोपावरको शेयर बाडफाड भएको छ । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सन्राइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको सामूहिक लगानी कोषलाई छुट्याइएको ७,९४,२५० कित्ता समेत गरी १,५८,८५,००० कित्ता साधारण शेयर मिति २०७५÷०७÷१५ देखि २०७५÷०७÷१९ गते सम्म सर्वसाधारणहरुको लािग निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १० सामूहिक लगानी कोषका १३ वटा योजनाहरुबाट ७,९४,२५० कित्ता शेयरको लागि आवेदन प्राप्त भई बाँडफाँट गरेको छ ।

सर्वसाधारणहरुबाट शेयरको लागि ३,३९,७७५ जनाको आवेदन गरेको थियो । जसमा सिआस्वा मार्फत एक भन्दा बढी दरखास्त फाराम बुझाएको १,०३२ थान आवेदन र प्रथम तथा दोश्रो चरणको ऋणदिने संस्थाका कर्मचारीहरु, कर्मचारी संचयकोषका कर्मचारीहरु, संस्थागत संस्थाका कर्मचारीहरु तथा स्थानिय दोलखा बासिन्दाहरुबाट पुन आवेदन दिएका ४,६८१ थान गरी जम्मा ५,७०० (१३ वटा दुवै तर्फ) थान आवेदकहरुको १२,९८,९५० कित्ता बाँडफाँटमा समावेश नगर्ने गरी रितपूर्वक आवेदन दिने ३,३४,०७५ जना आवेदकहरुबाट ६,४६,१८,८४३ कित्ता शेयरको लागि प्राप्त आवेदनहरु शेयर निष्काशन तथा बिक्री बन्द भएको २२ औ दिन मंसीर ८ गतेका दिन ५० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिने आवेदकहरुको ६,४६,१८,८४३ कित्ता शेयरको लागि न्युनतम ४० कित्ता शेयरका दरले जम्मा १,३३,६३,००० कित्ता शेयर बांडफांट गरियो ।

बाँडफाँट गरी बाँकी रहेको १७,२७,७५० कित्ता शेयरका लागि पुन ३,३४,०७५ जना आवेदकहरु मध्येबाट गोलाप्रथाद्धारा १० कित्ताका दरले कुल १,७२,७७५ जना सफल आवेदकहरु छनौट गरी बाँकी १७,२७,७५० शेयर सहित १,५०,९०,७५० कित्ता शेयर निष्काशन कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र नियमन निकायहरुको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड कार्य सम्पन्न गरेका छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि