• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ बैंकले हकप्रद शेयर जारी गर्दै

मुक्तिनाथ बैंकले हकप्रद शेयर जारी गर्दै

  • आइतवार, मंसिर ९, २०७५
मुक्तिनाथ बैंकले हकप्रद  शेयर जारी गर्दै

मुक्तिनाथ विकास बैंक लिमिटेडले १८ दशमलव २५५ बोनस शेयरपछि २० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले बोनस शेयरमा लाग्ने कर तिर्न शुन्य दशमलव ९६५ नगद लाभांश पनि दिनेछ ।

बैंकले १८ दशमलव २५५ बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ को २० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

मुक्तिनाथले बोनसपछि हकप्रद जारी गर्न मंसिर २९ गते वार्षिक साधारण सभामा पेश गर्ने भएको छ । मुक्तिनाथले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । यस्तै, जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजानेछ ।

साधारण सभा गर्न बैंकले मंसिर १८ गतेदेखि बुक क्लोज गर्नेछ । मंसिर १७ गतेसम्म कायम रहने शेयरधनी मात्र प्रस्तावित बोनस तथा नगद लाभांश पाउने छ ।

कम्पनीको साधारण सभा सिटी स्क्वायर, न्यूरोड पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार