• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकको १२औं बार्षिकोत्सव सम्पन्न

गरिमा विकास बैंकको १२औं बार्षिकोत्सव सम्पन्न

  • शुक्रबार, मंसिर ७, २०७५
गरिमा विकास बैंकको १२औं बार्षिकोत्सव सम्पन्न

गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको अवसरमा देशभरका ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको उक्त कार्यक्रम केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरé, ईटहरी सुनसरी र घोराही दाéमा रक्तदान कार्यक्रम भएको हो ।

विभिन्न ८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट ४३० युनिट रगत संकलन भएको जनाएको छ । यसै शिलसिलामा विकास वैंकको उद्गमस्थल स्याङजाको वालिङ शाखा कार्यालयमा सरसफाई कार्यक्रम गरेको छ ।

यसैगरि, शुक्रबार नै उक्त विकास वैंकले कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत वूद्घचोकमा आप्mनो शाखा कार्यालय स्थापना गरेको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले गरेका थिए । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

राष्ट्रियस्तरको विकास बैंक मध्ये पर्ने गरिमा विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्ने घोषणा गरेको छ ।
हालसम्म बैंकले रु।२४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि