• होमपेज
  • बीमा
  • जीवन बीमा कम्पनीमध्ये सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स

  • बुधबार, मंसिर ५, २०७५
जीवन बीमा कम्पनीमध्ये सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स

अहिले १८ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये ७ वटा मात्रै कम्पनी मात्रै नेपाल स्टक एक्सचेन्समा सूचीकृत भएका छन् । सबै जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेन्जमा हुने शेयर कारोबारमा जीवन बीमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण राम्रै रहने गरेको छ । आधाभन्दा कम कम्पनी स्टक मार्केटमा सूचीकृत भएको अवस्थामा बाँकी कम्पनीहरुले सर्वसाधारणलाई शेयर जारी गरी स्टक मार्केटमा जाने तयारीमा रहेका छन् ।

यसै सन्दर्भमा प्रकाशित भएको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण जीवन बीमा कम्पनीहरुको स्थिति यस्तो देखिएको छ ।

जीवन बीमा कम्पनीमध्ये चुक्ता पुँजीको आधारमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको पुँजी ४ अर्ब ३९ करोडमाथि छ ।

दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्सको २ अर्ब ६२ करोड छ । १ अर्बभन्दा माथि चुक्ता पुँजी १३ वटा कम्पनीको रहेको छ । २ वटा कम्पनीको भने ५० करोडभन्दा तल रहेको छ । जसमा गुराँस लाइफको ५९ करोड ४० लाख र राष्ट्रिय बीमा संस्थाको १८ करोड १० लाख रहेको छ ।

चालूू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफाको स्थितिमा सबैभन्दा उत्कृष्ट नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको नाफा २० करोड ४१ लाख रुपैयाँ रहेको छ । २० करोडभन्दा माथि कमाउने नेपाल लाइफ कम्पनी मात्रै रहेको हो ।

नेप्सेमा सूचीकृत रहेको कम्पनीहरुमा सबैभन्दा कम खुद नाफा राष्ट्रिय बीमा संस्थान रहेको छ । यस कम्पनीले ४४ लाख रुपैयाँ मात्र कमाएको छ

अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मुनाफा रिलाबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी ५ करोड २५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६८ लाख रुपैयाँ कमाएको थियो ।

गत वर्षको तुलनामा ११ वटा कम्पनीले नाफा बढाएका छन् भने ५ वटा कम्पनीले नाफा घटाएका छन् । त्यस्तै बाँकी २ वटा कम्पनीले भने अघिल्लो वर्षको त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका थिएनन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि