• होमपेज
  • बीमा
  • बीमामा सर्वाधिक कर तिर्ने पुनर्बीमा कम्पनी

बीमामा सर्वाधिक कर तिर्ने पुनर्बीमा कम्पनी

  • मङ्लबार, मंसिर ४, २०७५
बीमामा सर्वाधिक कर तिर्ने पुनर्बीमा कम्पनी

नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । सातौ राष्ट्रिय कर दिवसको अवसरमा बीमा व्यवसायतर्फबाट यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी अग्रणी भएको हो ।

आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ ।

सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार