• होमपेज
  • बीमा
  • सिद्धार्थ इन्स्योरेन्सले कमायो ४ करोड ६६ लाख

सिद्धार्थ इन्स्योरेन्सले कमायो ४ करोड ६६ लाख

  • शनिबार, मंसिर १, २०७५
सिद्धार्थ इन्स्योरेन्सले कमायो ४ करोड ६६ लाख

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामै ४ करो ४६ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ ।

यसको नाफा अघिल्लो वर्षको यही अवधिमा ४ करोड १२ लाख ६ हजार रुपैयाँ थियो । यो विमा कम्पनीको चुक्ता पुँजी ८६ करोड रुपैयाँ छ ।

यो विमा कम्पनीले जगेडा कोषमा १६ करोड रुपैयाँ राखेको भने बिमा कोषमा ५७ करोड र महा विपत्ती जगेडामा ८ करोड राखेको छ ।

यसले चालू आवको पहिलो त्रैमाससम्ममा खुँद विमाशुल्क आर्जन २३ करोड ३९ लाख, पुनर्विमा कमिशन आयबाट ८ करोड ८८ लाख र अन्य लगानी तथा आयबाट १ करोड ९७ लाख कमाएको छ ।

यसको कुल विमाशुल्क आर्जन ५२ करोड जारी विमालेखको संख्या ३८ हजार १४८ वटा रहेको छ । नवीकरण गरिएको विमालेख भने ९ हजार ३३७ वटा मात्रै छ ।

यसले यो अवधिसम्ममा गरेको दाबी भुक्तानी २२ करोड २९ लाख छ भने भुक्तानी हुन बाँकी रकम ६५ करोड ८६ लाख रहेको छ । यसका ३ हजार ४५ वटा विमालेखामा भुक्तानी हुन बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि