• होमपेज
  • फिचर
  • बैंकहरुमा चर्को तरलता अभाव ३ अर्वको आइपीओ बजारमा

बैंकहरुमा चर्को तरलता अभाव ३ अर्वको आइपीओ बजारमा

  • शुक्रबार, कार्तिक ३०, २०७५
बैंकहरुमा चर्को तरलता अभाव ३ अर्वको आइपीओ बजारमा

नेपालका २८ वाणिज्य बैंक सयौं विकास बैंक र वित्तिय संस्थाहरुमा दशैं र तिहार लगतै चर्को तरलता अभाव देखिएको छ । तरलता अभाव अझै गहिरिने देखेका बैंकहरुले कम्तीमा १ हप्ता निक्षेपको ब्याज दर घटबढ् नगर्ने अर्को भद्र सहमती फेरि गरेका छन् ।

वाणिज्य बैंकहरुमा चर्को तरलता अभाव भए पछि दर्जनौ बैंकहरुले ग्राहकहरुलाई आफूतिर लिने सुन र चाँदीका सिक्का दिने लोभ देखाउदै डिपोजिट ११÷१२ प्रतिशतमा भित्री सहमती गरि लिइरहेका छन् ।

तर वाहिर ७ र १० प्रतिशतको भद्र सहमती गरेको भनी हिडेका छन् । गत आइतवार विहान २८ वाणिज्य बैंकका सिइओहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियशनको बैठक बसेको थियो । उनीहरुले लाजै नमानि कम्तीमा १ हप्ता ब्याज नबढाउने सहमती माथी अर्को भद्र सहमती गरेका हुन् ।

बैठकमा मुद्दती निक्षेपको ब्याजदरलाई यथावत राखेर बचतको ब्याजदरमा थपघट गर्ने विषयमा छलफल भएपनि पहिलेकै सहमतिलाई निरन्तरता दिएका छन् । यसअघि बसेको बैठकले बचतको ब्याजमा पाँच देखि सात प्रतिशत नबढाउने सहमति गरेका थिए भने मुद्दती निक्षेपतर्फ संस्थागतमा नौ र व्यक्तिगतमा १० प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति बैंकहरुले गरेका थिए तर चर्को तरलता अभाव आएपछि यो भद्र सहमती तोडिने भएको छ ।

बैंकहरूले प्रदान गर्ने न्यूनतम ब्याज दर जतिनै कल डिपोजिटको ब्याज पनि त्यति नै हुनु पर्ने व्यवस्था राष्ट्र बैंकको छ । यसले बैंकहरुलाई मंहगोमा पैसा उठाउन कडाई भएको देखिन्छ । अधिकाशं लगानी योग्य पूँजी अभावका कारण ‘कर्जा–पूँजी– निक्षेप’ अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा माथि गएको छ । यो राम्रो संकेत मानिदैन ।

पछिल्लो समय ८८ प्रतिशतको सीसीडी रेसियोलाई बैकर्सहरूले सामान्य रुपमा लिन थालेका छन् । अहिले चार÷पाँच वटा बैंकको सीसीडी रेसियो ८९ प्रतिशतभन्दा माथि पुगेको देखिन्छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैकहरूले एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँमात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर बैंकहरुले ८९ प्रतिशतसम्म लगानी गरेको कारण बजारमा चर्को तरलता अभाव देखिएको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार आधार ब्याजदरमा प्रिमियम शुल्क समायोजन गरेर ब्याजदर निर्धारण हुन्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तीन÷तीन महिनामा ब्याजदर समायोजन गर्न निर्देशन गरेको छ । तर बैंकहरुले यसलाई टेरदैनन् । उनीहरुले ठूलो डिपोजिट आए भित्री सहमती गरि १२÷१३ प्रतिशत ब्याज दिएको भेटिएको छ ।

अब पनि सरकारी खर्च भएन भने वित्तीय क्षेत्रमा अघिल्लो वर्षहरूको भन्दा बढी तरलता संकट पर्न सक्ने देखिने प्रस्टै छ ।
बैंक तथा वित्तीय संस्थाले गएको दुई महिनामा ७३ अर्ब लगानी गरेका छन् भने ३५ अर्बमात्र निक्षेप संकलन गरेका छन् ।

बैंकले दुई महिनामा गरेको कर्जा लगानीअनुसार दैनिक करिब डेढ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ । यो राम्रो संकेत होइन बैंकहरुले कर्जाको व्याज १५÷१६ प्रतिशत लिदै आएका छन् । यता २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपीओ) बजारमा आउने भएको छ । ती कम्पनीले शेयर बिक्रीका नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिईसकेका छन् ।

आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युतसँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । यदि सबै २१ कम्पनीका आइपीओ बजारमा आए बैंकमा डरलाग्दो तरलता अभाव आउने प्रस्टै देखिन्छ ।

सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको देखिन्छ ।सयपत्री हाइड्रोपावरले रु तीन करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । शुभम् पावरले पाँच करोड ८० लाख, रुरु जलविद्युत् परियोजनाले चार करोड सात लाख ७० हजार ५०० र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख ११ हजार बराबरको साधारण शेयर बिक्री गर्न आवेदन दिएको छ ।

पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख तथा ग्रीनलाइफ हाइइड्रोपावरले १८ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख २८ हजार ६००, युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर बिक्रीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएका छन् ।

बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले रु दुई करोड, लघिङ बुद्ध पावरले नौ करोड ७८ लाख र युनियन हाइडेल कम्पनीले पाँच करोड ५० लाख बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत रहेको छ । आशा प्रभु समूहको लघुवित्त संस्था पनि हो ।

सो संस्थाले ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । जनसेवी लघुवित्त वित्तीय संस्थाको चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको दुई करोड ४० लाख बराबरको साधारण शेयर बिक्री स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । यी सबै कम्पनीका आईपीओ बजारमा आए अर्वै अर्ब पैसा फेरि बैंकबाट बाहिरिने देखिन्छ । यसले बैंकहरु टाट पल्टने प्रस्टै छ ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि