• होमपेज
  • समाचार
  • सिटी एक्सप्रेस फाइनान्सको साधारण सभा सम्पन्न

सिटी एक्सप्रेस फाइनान्सको साधारण सभा सम्पन्न

  • बिहिबार, कार्तिक २९, २०७५
सिटी एक्सप्रेस फाइनान्सको साधारण सभा सम्पन्न

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिबर्तन संँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रिय कार्यालय, घण्टाघर काठमाण्डौ तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको बताए ।

संस्थालाई मुनाफा आर्जनको अवस्थामा पु¥याउन बर्तमान संचालक समिति कटिबद्ध रहेको जानकारी गराउँदै सबै पक्षवाट सद्भाव र सहयोगको अपेक्षा राखे । उनले संस्थालाई सवल वनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुद वनाई अब्वल संस्थाको रुपमा अगाडि वढाउने उद्घोष पनि गरेका छन् ।

संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्ता पुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्नेे वताए । साथै संस्थाले निकट भविष्यका ATM तथा  Internet Banking को सुविधा थप गर्न व्यवस्था मिलाउने पनि वताए ।

उक्त साधारण सभावाट संस्थाले चुँक्ता पँुजी रु. ८० करोड प¥ुयाउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको छ भने संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । संस्थाले कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसीद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका बिभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ ।

संस्थाले ecc को सदस्य भई सो मार्फत सबै बैंक तथा वित्तिय संस्थाको चेक क्लियरिङ्ग हुने व्यवस्था गरेको छ । त्यस्तै संस्थाले रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि