• होमपेज
  • समाचार
  • १६ औँ हस्तकला व्यापार मेला सुरु

१६ औँ हस्तकला व्यापार मेला सुरु

  • बुधबार, कार्तिक २८, २०७५
१६ औँ हस्तकला व्यापार मेला सुरु

नेपाल हस्तकला महासंघको १६ औँ हस्तकला व्यापार मेला र १४ औँ हस्तकला प्रतियोगिता काठमाण्डौँको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेला मंसिर २ गते सम्म चल्नेछ ।

मेला उद्घाटन गदै अर्थमन्त्री डा.युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारीत, स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानहरुको यथोचित प्रवद्र्धन हुन सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित रहेको बताउँदै यसको विकास र प्रवद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्ने बताएका छन ।

कार्यक्रममा १४ औँ हस्तकला प्रतियोगितामा सहभागीहरु मध्यबाट उत्कृष्टलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
मेला संचालनको लागि १ करोड खर्च लाग्ने र २५ लाख रुपैयाँ सरकारले सहयोग गरेको छ भने १ लाख रुपैयाँ सहयोग उद्योग वाणिज्य महासंघले गरेको छ ।

मेलामा १० करोड बराबर कारोबार हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ललितपुर महानगरलाई हस्तकला सिटी घोषण गरिएको थियो ।

कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, नेपाल चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगाएतको उपस्थिती रहेको थियो । यसै बिचम महासंघको स्मारीका समेत विमोचन गरिएको थियो ।

मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढाँकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिएको छ ।

मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन ।
मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी भएका छन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु समेत रहेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि