• होमपेज
  • समाचार
  • फेरियो कमलपोखरीको रुप

फेरियो कमलपोखरीको रुप

  • मङ्लबार, कार्तिक २७, २०७५
फेरियो कमलपोखरीको रुप

छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडाँैमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको छ । सरसफाइ र संरक्षण पाएपछि कमलपोखरीमा अहिले दैनिक सयौँ व्यक्ति घुमघामका लागि आउने गरेको स्थानीयवासी बताउँछन् ।

काठमाडाँै क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले कमलपोखरीको सरसफाइ, मर्मत, संरक्षण र प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सहयोग गर्दै आउनुभएको छ । सांसद थापाकै सक्रियतामा कमलपोखरी संरक्षण गुरुयोजना पनि बनाइएको छ ।

विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा गर्न थालिएको छठ पूजा कमलपोखराीमा आठ वर्ष अगाडि थालिएको हो । यहाँ अन्य ठाउँमा भन्दा भव्य पूजा र जनसहभागिता हुने गरेको छ । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि