• होमपेज
  • समाचार
  • प्राइम लाइफको वित्तीय विवरण सार्वजनिक

प्राइम लाइफको वित्तीय विवरण सार्वजनिक

  • मङ्लबार, कार्तिक २०, २०७५
प्राइम लाइफको वित्तीय विवरण सार्वजनिक

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा प्रगति उन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । भारी मात्रामा पूँजी बढाएको कम्पनीले व्यवसाय विस्तारका साथै नाफा पनि बढाएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको अन्त्यसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ८० लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशत बढी हो । अघिल्लो बर्ष कम्पनीले ६ करोड ३४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले बीमा शुल्क आर्जन, बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष लगायतका कोषको आकारमा समेत बढोत्तरी छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ५ करोड रहेको छ । जीवन बीमा कोषमा ७ अर्ब १७ करोड राखेको छ ।

कम्पनीले चुक्तापूँजी बढाउन गतबर्ष १६० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीको हाल एक अर्ब ७८ करोड चुक्ता पूँजी छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले दुई अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

कम्पनीले पहिलो त्रैमासमा ६४ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीले १२ अर्ब ८४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने कुल ११ करोड ३१ लाख दाबी भुक्तानी गरेको छ । एक करोड ५७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ । कम्पनीले हालसम्म १६ लाख बढी बीमा लेख जारी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.९६ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात ३३.३२ गुणा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि