• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

  • सोमवार, कार्तिक १९, २०७५
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफा २० करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४८ दशमलव १४ प्रतिशतले बढी गरेको हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा १३ करोड ५४ लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ३३ अर्ब २५ करोड ६९ लाख रुपैयाँ संकलन गरी कर्जामा कर्जामा २८ अर्ब ८५ करोड २ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ६५ दशमलव ३६ प्रतिशतले बढेर ४२ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५७ दशमलव ०७ प्रतिशतले वृद्धि गरी ३१ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड १५ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा १० लाख रुपैयाँ उठाएको छ ।

बैंकको जोखिम युक्त सम्पति १३ दशमलव ७२ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३० दशमलव ९३ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात १२ दशलमव ८१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ७० प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि