• होमपेज
  • अर्थ/वाणिज्य
  • तिहार र छठमा एन आई सी एशिया रेमिटको थप सुविधा

तिहार र छठमा एन आई सी एशिया रेमिटको थप सुविधा

  • सोमवार, कार्तिक १९, २०७५
तिहार र छठमा एन आई सी एशिया रेमिटको थप सुविधा

ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले तिहार छठको अवसरमा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

एन आई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै समस्त आदरणीय ग्राहक महानुभावहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यस सुविधा कात्र्तिक र मङ्सीर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहक महानुभावहरुले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट ठूलो सञ्जाल भएको यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मङ्सीर २९ गते सम्म लागूहुने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि