• होमपेज
  • अर्थ/वाणिज्य
  • तिहारमा दक्षिणा एनआइसी एसियाबैंकबाट दिए बोनस पाइने

तिहारमा दक्षिणा एनआइसी एसियाबैंकबाट दिए बोनस पाइने

  • आइतवार, कार्तिक १८, २०७५
तिहारमा दक्षिणा एनआइसी एसियाबैंकबाट दिए बोनस पाइने

एनआइसी एसिया बैंकले तिहारको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ स्किम ल्याएको छ।

नयाँ स्किम अनुसार बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँको बोनस उपलब्ध गराउनेछ। बैंकले भाइटिकाको उपलक्ष्यमा दिइने दक्षिणा रकम बैंकको मोबाइल बैंकिङबाट ट्रान्सफर गर्दा १०० रुपैयाँ बराबरको बोनस उपलब्ध गराउने स्किम ल्याएको हो। बोनस रकम दक्षिणा प्राप्त गर्नेले पाउने छन्।

बैंकका देभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखा रहित बैंकिङ इकाइ छन्। बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ।

बैंकसँग कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १४१ अर्ब रुपैयाँ पुगिसकेको छ। बैंकको ग्राहक संख्या १३ लाख ५० हजार पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार