सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लि. विच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न साखा मार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवा मार्फत ग्राहाकहरुको चाहाना अनुरुप निर्जिवन विमा पुराउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र ३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता १ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्