• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकले पहिलो त्रैमासमै कमायो ५९ करोड ८४ लाख

प्रभु बैंकले पहिलो त्रैमासमै कमायो ५९ करोड ८४ लाख

  • आइतवार, कार्तिक १८, २०७५
प्रभु बैंकले  पहिलो त्रैमासमै कमायो ५९ करोड ८४ लाख

चालु आर्थिक वर्ष २०७५/७६ को को पहिलो त्रैमासमा प्रभु बैंकको नाफा २४ करोड ९६ हजार रुपैयाँले बढेको छ । बैंकले चालू आवको पहिलो त्रैमाससम्ममा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तो नाफा अघिल्लो आवमा ३४ करोड ८७ लाख रुपैयाँ रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकले लिएको यो अवधिसम्मको सापटी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

यो बैंकले चालू आवको पहिलो त्रैमाससम्ममा १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तो निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ८२ अर्ब ८५ करोड रुपैयाँ मात्रै थियो ।

यो अवधिमा बैंकले गरेको ऋण सापटी ८६ अर्ब १ करोड रुपैयाँ प्रवाह गरेको छ । यस्तो ऋण प्रवाह गत वर्षको सोही अवधिमा ६६ अर्ब ६४ करोड रुपैयाँ मात्रै थियो ।

यो बैंकले गरको व्याज आम्दानी असोजसम्ममा २ अर्ब ६७ करोड रहेको छ भने यसले व्याजवापत गरेको खर्च १ अर्ब ५३ करोड ऋणत्मक देखाइएको छ ।

बैंकको खराब कर्जा अनुपात २.५१ प्रतिशत छ भने सीडी रेसियो ७५.६८ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी २९.०७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९.०१ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि