• होमपेज
  • अर्थ/वाणिज्य
  • लेटाङमा एनआइसी एसिया बैंक

लेटाङमा एनआइसी एसिया बैंक

  • शुक्रबार, कार्तिक १६, २०७५
लेटाङमा एनआइसी एसिया बैंक

एनआईसी एशिया बैंकले मोरङको लेटाङ नगरपालिका वडा नं ४ मा शाखा खोलेको छ। शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले गरेका छन्।

उद्घाटनमा ढुङ्गानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएकोमा बैंकलाई धन्यवाद दिए।

बैंकको देशभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर रं १८ वटा शाखा रहित बैंकिङ ईकाईहरु छन्।

बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ। कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४१ अर्ब पुगेको छ। बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार