• होमपेज
  • अर्थ/वाणिज्य
  • नबिल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

नबिल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

  • शुक्रबार, कार्तिक १६, २०७५
नबिल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने भएका छन्।

यसका लागि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पतालबिच सम्झौता भएकोे छ। सम्झौता बमोजिम नर्भिकमा नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले छुट पाउने छन्।

बैंकका ग्राहकहरुले नर्भिकका वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३० प्रतिशत विशेष छुट उपलब्ध हुने छ। साथै ब्याथोलोजी, रेडियोलोजी सिटी तथा एमआरआय स्क्यान, म्यामोग्राम, कार्डियाक नन् इन्भ्यासिभ एक्जामिनेसन र सर्जिकल चार्जलगायतमा शल्यकृयामा १० प्रतिशत छुट पाइनेछ ।

यसवाहेक अस्पताल भर्ना हुँदा लाग्ने वेड चार्जमा ५ प्रतिशत छुट पाइने छ। आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप नर्भिकसँग सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ” नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि