• होमपेज
  • मनोरञ्जन
  • प्रदर्शनको अन्तिम समयमा सिनेमा “अनुग्रह”को ट्रेलर सार्वजनिक

प्रदर्शनको अन्तिम समयमा सिनेमा “अनुग्रह”को ट्रेलर सार्वजनिक

  • बिहिबार, कार्तिक १५, २०७५
प्रदर्शनको अन्तिम समयमा सिनेमा “अनुग्रह”को ट्रेलर  सार्वजनिक

सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रसिनेमाको ट्रेलर सार्वजनिक गरेको छ । कात्तिक महिनाको ३० गते बाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने यस सिनेमा लाई वितरक सरोज शर्माले बितरण गरेका छन् । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।
निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमामा ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा रहेकाछन ।
विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टर संगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ हो ।
युवा पुस्ता लक्षित फिल्ममा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ । रोमान्स, द्धन्द्ध, इमोसन र सामाजिक मुद्दा समेत समेटिएको फिल्मलाई सबै उमेर समूहका दर्शकले रुचाउने जनाइएको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि