• होमपेज
  • मनोरञ्जन
  • मनिषको काल मेरो साथी सार्बजनिक

मनिषको काल मेरो साथी सार्बजनिक

  • मङ्लबार, कार्तिक १३, २०७५
मनिषको काल मेरो साथी सार्बजनिक

पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले सर्ट फिल्म ‘काल मेरो साथी’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् ।

यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् ।

यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् ।

यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् ।

पछिल्लो समय म्युजिक भिडियो भन्दा केहि फरक गर्ने प्रयास हो , यो सर्ट फिल्म । मैले धेरै भिडियोको निर्देशन गरे तर यो टिमसँग काम गर्दा फरक नै हुदै गयो । यहि टिमसँग मैले मुखौटा , पखेटा लगायतका भिडियो तयार गरिसकेको छु , जुन मेरो अन्य भन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो ।

हामीले परिस्थितिलाइ सिम्बोलिक रुपमा देखाउने कोसिस गरेका छौ । भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आश्वादी रहेको निकेश बताउछन् ।

गीत मात्र बनाउने कि भन्ने सोचाइ नआएको होइन तर डेभलप हुदै गएपछि यसले सर्ट फिल्मको रुप लिएको हो । मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन् , जसलाई मैले युट्युब एमबी क्रिएसन मार्फत ल्याएको छु । दर्शकबाट आउनेप्रतिक्रियाले हामीलाई अगाडी बढ्न अझै हौसला मिल्ने मनिष बसिस्थले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि