• होमपेज
  • Hot news
  • बैंक भनेको पैसा लिने र दिने मात्रै होइन देश बनाउने पिलर पनि हो ।

बैंक भनेको पैसा लिने र दिने मात्रै होइन देश बनाउने पिलर पनि हो ।

  • शुक्रबार, कार्तिक ९, २०७५
बैंक भनेको पैसा लिने र दिने मात्रै होइन देश बनाउने पिलर पनि हो ।

० बैंक के हो र यसले के के काम गर्नु पर्ला ?
बैंकिङ क्षेत्र दुई किसिमले चलिरहेका हुन्छन् । एउटा डेभलपमेन्ट कन्ट्रीको बैंकिङ चल्ने सिस्टम हो । उक्त सिस्टममा केही फरक भएतापनि केही कामहरु एउटै हुन्छन् ।

बैंक भनेको पैसा खरिद गर्ने र पैसालाई नै बिक्री गर्ने हो । अथवा, मानिससँग भएको पूँजी सुरक्षित राख्ने कार्य बैंकको हो । दोस्रो, बैंकले आफूसँग भएको बचतको व्याज दिन्छ । बैंकले मानिसलाई आवश्यक परेको बेलामा कर्जा दिन्छ र देश विकासमा बैंकले सहयोग पु¥याउने नै हो ।

० कस्ता कस्ता व्यक्तिहरुलाई बैंक र वित्तिय क्षेत्रको आवश्यकता पर्दछ त ?
पैसा हुनेलाई भन्दा पैसा नहुने व्यक्तिहरुलाई बैंकको धेरै आश्यकता पर्दंछ । पैसा हुने व्यक्तिले विभिन्न ठाउँहरुमा बचत गर्नुका साथै धनसम्पत्तिहरु जोडेका हुन्छन् । पैसा बनाउनलाई पैसा नै चाहिन्छ ।

त्यसैले पैसा नहुने मानिसहरुले बैंकको बारेमा सबैकुरा चासो राख्न र जान्न जरुरी देखिन्छ । नेपालमा मानिस आफुसँग १० देखि १५ हजार लिएर गयो भने जोखिम हुन्छ भनेर ३र४ हजार लिएर हिडिन्छ । विकसित मुलुकमा पैसा नहुने मानिसहले पनि बैंकिङ कारोबार गरेका हुन्छन् ।

व्यक्तिव्यक्तिसँग भएको लाख लाख जम्मा गरेर जै बैंकमा अरबौँ जम्मा हुन्छ । बैंकमा पैसा भएपछि, सरकारले ठूला ठूला परियोजना गर्न सक्छ भने मानिसहरुले पनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर उद्यमी समेत बन्न सक्नेछन् । पैसा छैन भन्ने व्यक्तिहरु बैंकमा कर्जाको लागि जान्छन् र आफुसँग धितो राख्नका लागि केही नभएको तर घर, जग्गा अथवा कम्पनी बनाउँदै गरेको जानकारी दिन्छन् । यस्तो अवस्थामा उनीहरु आफै धितो बसेर कर्जा माग गर्छन् र
पाउँछन् पनि ।

० आर्थिक उन्नतीमा बैंकहरुको भूमिका कस्तो रहनु पर्दछ त ?
वित्तीय स्रोत नभई कहिले पनि विकास हुँदैन । सामाजिक र आर्थिक विकासका साथसाथै सांस्कृतिक धरोहरलाई जोगाइराख्न पनि बैंकको आवश्यकता पर्छ ।

यस्तो अवस्था बैंकहरुले पनि ग्राहकहरुसँग फ्रेन्ड्ली हुनु आवश्यक छ । जनताको चाहना अनुसार जनतामैत्री बैंक बनाउनुपर्छ । आफ्नो बैंकलाई सबल बनाउने क्षेत्रमा लगानी गर्नुपर्छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंकहरु चल्यो भने बैंकलाई मात्र होइन समग्र मुलुकलाई नै फाइदा पुग्न जान्छ ।

० गरिब निमुखा र विपन्न वर्गलाई बैंकहरुले कर्जा दिदैनन् नि ?
मनिसहरुले कर्जाको लागि बैंकमा जानुपर्ने हुन्छ । कर्जा लिन बैंकमा जाँदा उक्त बैंकले कस्ता कार्यका लागि कर्जा दिन्छ भन्ने विषयको जानकारी हुनुपर्छ ।

आफूले लिन लागेको कर्जाको विषयमा पनि ज्ञान र अनुभव हुनुपर्छ । त्यस्तै, आफूले कर्जा लिएर सुरु गर्न लागेको व्यवसाय अथवा उद्यमको बजार छ कि छैन भन्ने विषय पनि खुलाउनुपर्छ । यी तीनवटै कुराहरु भएको परियोजनामा बैंकले अवश्य नै प्रपोजल स्वीकार गर्छ । जस्तै, कृषि अन्तर्गत गाइपालनका लागि कर्जा माग आएको छ भने बैंकले कर्जा माग गर्ने व्यक्तिसँग गाईपालन सम्बन्धी ज्ञान, सीप र अनुभव छ कि छैन भन्ने विषयमा अध्ययन गर्छ ।

त्यस्तै, व्यवसाय विस्तारको योजना, धैर्यता, दुधको बजार लगायतका विषयमा अध्ययन गरेर बैंकले कर्जा दिन्छ । यी सबै कुरा मिलाएर बैंकमा प्रपोलन लैजानुभयो भने उद्यमी बन्न सकिन्छ । तपाईले भनेको वर्गलाई प्रक्रिया पु¥याएर कर्जा दिनै पर्दछ । नत्र जनता मैत्री बैंक कसरी हुन्छ त ?

० वित्तिय अवस्था विग्रेमा मुलुकलाई कस्तो असर पर्ला ?
वित्तीय स्थायित्व कायम गर्नमा पोलिसी फर्मुलेसन र स्ट्राटिजी फर्मुलेसन विधाले काम गर्छ । पोलिसीहरु स्थायी खालका हुन्छन् । स्ट्राटिजीहरु बेलाबेलामा परिवर्तन भईरहन्छन् ।

जस्तै, रकेटले माथि हानेर फाइटरलाई तल खसाल्नु छ भने त्यो पोलिसी हुन्छ । यदि, खसालेन भने देश ध्वस्त हुन सक्छ । त्यसैले, फाइटरलाई तल कसरी खसाल्ने भनेर स्ट्राटिजी बनाउनुपर्छ । नेपालमा वित्तीय स्थायित्व कायम गर्ने हो भने पनि त्यही अनुसारको पोलिसी बनाउनु आवश्यक छ ।

बैंकहरुका संख्या धेरै भए मर्जरबाट बैंकको संख्या घटाउनु एउटा पोलिसी हो । यसका लागि राष्ट्र बैंकले स्ट्राटीजी बनाउँछ, जुन समयसमयमा परिवर्तन हुन्छ । कुनै पनि कार्य किन र केका लागि गर्ने भन्ने स्पष्ट हुनुपर्छ । त्यसैगरी, मर्जर किन भयो, एक्विजिसन किन भएन भन्ने विषयमा स्पष्ट हुनु जरुरी छ । यसको फाइला बेफाइदा दुवै हुन्छ नि ।

० नेपालमा बैंक र वित्तिय संस्था अत्यन्तै धेरै छन् तर ३ करोड जनतामा १ करोड पनि बैंकिङ पहँचमा पुगेका छैनन् कारण चाहि के होला ?
वाणिज्य बैंकहरु ३०/३२ वटा संख्यामा हुँदा चुक्तापूँजी ८ अर्बको हिसाबले सबैको सेयरपूँजी लगभग एक खर्ब बराबरको हुन्छ । मर्जरको नीतिबाट आठ अर्ब पुँजीका १२ वटा बैंक कायम गर्ने लक्ष्य हुनसक्छ । तर, बैंकहरुको घटेको छैन । अहिले २८ वटा वाणिज्य बैंकहरु छन् ।

कुनै पनि बैंकलाई नाफामा लैजानको लागि आठ अर्ब पुँजी पुर्याइएको हो भने बैंकको विजनेस पोर्टफोलियो पनि ८०र९० अर्ब हुनुपर्छ । तर, नेपालको अर्थतन्त्रको आकार नै सानो भएकाले यो सम्भव हुन सकेको छैन ।

अर्को, गाउँमा भएका साना साना बैंकहरु हरेक पदमा गाउँकै चिनेजानेका मानिस वा आफन्तहरु हुने भएकाले बचत गरिरहेका छन् भने कर्जा लिएर उद्यमी पनि बनिरहेका छन् । यसले वित्तीय पहुँच विकासमा सहयोग गरिरहेको छ । जस्तै, अहिले मानिसहरु किताब, जुत्ता खरिद गर्नु परेमा भोटाहिटी जाने गर्दछन् ।

किनकी भोटाहिटीमा जुत्ता र किताबको धेरै वटा पसल भएका कारणले मानिसहरु आफुले रोजेर खरिद गर्नका लागि त्यस ठाउँसम्म गएको देखिन्छ । हाल शाखाका हिसाबले २ नं. प्रदेशमा झण्डै १८ हजार जनताको माझमा एउटा बैंकको शाखा छ । त्यस्तै, जुम्लामा १६ हजार जनताको माझमा एउटा बैंकको शाखा छ ।

जुम्लामा त्यति भनेको ठिकै होला किनभने भौगोलिक हिसाबले टाढा र आउनजान गाह्रो छ । जुम्ला भन्दा पनि प्रदेश नं. २ मा बैंकिङ पहूँच कम रहेको छ । यो बढाउनु प¥यो । राज्यले वातावरण तयार बनाई
दिनुप¥यो नि ।

० गाउँमा बैंकको सेवा विस्तार गर्न माइक्रोफाइनान्सको कतिको आवश्यकता छ ?
राष्ट्रिय नीतिहरु र बैंकिङ मर्ज गर्ने कुराहरु पिपुल फेन्ड्ली हुनुपर्छ । त्यस्तै खालको केन्द्रीय बैंकको नीतिनियमहरु, नियमनहरु आउनुपर्छ । माइक्रोफाइनान्समा व्याजदर महङ्गो हुनुका साथै कस्ट पनि धेरै छ भनिएको छ । माइक्रोफाइनान्सलाई पिपुल फेन्ड्ली बनाउन संख्यालाई बढाउनु आवश्यक छ । यो हुनु जरुरी छ । र भएको पनि छ नि ।

० बैंकले कर्जा दिँदा तल्लोस्तरका ग्राहकलाई दुःख दिने र प्रक्रिया झन्झटिलो हुने देखिन्छ यसमा के भन्नु हुन्छ ?
बैंकको काउन्टरमै गयो वा पैसाको कुरा छ भने मात्र बैंकका कर्मचारीले अलि ध्यान दिन्छन् । कुनै व्यक्ति बैंकका बारेमा केही कुरा बुझ्न र कर्जा लागि गयो भने कर्मचारीले अर्कोतर्फ मुख फर्काईरहेको हुन्छन् ।

बैंकमा आएका मानिससँग आखाँमा आखाँ हेरेर नबोल्दा बैंकका कर्मचारीहरुप्रति मानिसको विश्वास हँुदैन । कर्मचारीले कुरा गरेन भने मानिसहरु त्यहाँ जान रुचाउँदैनन् । त्यसैले, कर्मचारीले बैंकमा आएका ग्राहकका कुरा ध्यान दिएर सुन्ने र उनीहरुले बुझ्ने भाषामा जवाफ दिने गर्नुपर्छ । ग्राहकहरुलाई झन्झटमा पार्ने काम गर्नुहुँदैन ।

त्यस्तै, राष्ट्र बैंकले पनि वित्तीय साक्षरताका कार्यक्रमहरु गरिरहेको छ । यसअन्तर्गत, एउटा करिकुलम नै डिजाइन गरेर वित्तीय चेतना अभिवृद्धि गर्नुपर्छ । वित्तीय साक्षरता अभियान पनि बैंक र सर्वसाधारण दुवैको आवश्यकतालाई बुझेर लैजानुपर्छ । आवश्यक पर्ने कार्यक्रमहरुको सञ्चालन राम्रोसँग भयो भने वित्तीय साक्षरता अभिवृद्धि हुन्छ, मानिसहरुले बुझ्छन् र बैंकिङ कारोबारमा सहजता आउँछ । केही अप्ठ्यारात छन् । यसलाई मिलाउनु जरुरी छ ।

० पछिल्लो समय बैंक र वित्तिय क्षेत्रमा लगानीका चुनौती त छन् तर बैंकहरुमा चर्को तरलता अभाव पनि देखिन्छ कारण चाहि के होला ?
बैंकका वर्तमान चुनौती र सँधै रहने चुनौतीहरु फरक हुन्छन् । सँधै रहने चुनौतिहरुमा वासेल १÷२÷३ को कुरा छ । संसारभरीका बैंकहरुको निमयनका लागि बनाइएको स्टान्डर्डलाई आधार मानेर हरेक देशको केन्द्रीय बैंकले आफ्नो अनुकुल हुने नियमहरु बनाउँछन् । यहाँ समस्या अंगे्रजीमा रहेको छ ।

ADAPT लाई ADOPT एडप्ट भनिएको छ । नेपालको सन्र्दभमा उक्त नियम कानुनहरु आए भने अनुकुल बनाउनुलाई ADAPT भनिन्छ । त्यसैले, परिभाषा वा स्टान्डर्डलाई नेपालकै सन्र्दभमा सामाजिक परिवेश र इक्नोमी साइज हेरेर गराउनुपर्छ । एउटा बैंकमा जागिर गरिरहेका कर्मचारीहरु छोटो समयमा अर्को बैंकमा जाने समस्या पनि देखिएको छ ।

तरलता छोटो समयका लागि हो । स्थायी सरकार छ । पैसा बजारमा आउने नै छ । यसपछि लगानी गर्ने अवसर पनि आउने छन् नि । यसबाहेक, कर्जाको परियोजना राम्रो भएन भने कर्जा समय मै नउठ्ने समस्या हुन्छ । यस्तो समयमा बैंकले बचत र स्प्रेड फराकिलो बनाउन खोज्छ । तर, नियमनले बैंकहरुलाई फराकिलो गर्न दिँदैन । बचत र कर्जा धेरै फराकिलो भए मानिसहरुलाई बैंकिङ कार्य गर्न कठिन हुन्छ । यी बैंकका स्थायी समस्या हुन् ।

० बैंकका समस्या चाहि के छन् त ?
तत्कालीन समस्या भनेको केही समय अगाडी बजारमा पैसा छैन भनेर बैंकहरुले नयाँ लगानी गर्न सकिएन भनेका थिए । अहिले फेरि कागजपत्र मिलाउनुपर्ने लगायत के के रिक्वायरमेन्ट भएकाले कर्जा प्रवाह गर्न सकिएन भन्ने कुरा आईरहेका छन् । तसुरुमै बैंकहरुले आक्रामक भएर लगानी गरेका कारण यस्तो समस्या दे खिएको हो । अहिले अवस्था सहज भइरहेको छ । तर, यो अवस्था सँधै रहला जस्तो मलाई लाग्दैन । धेरै समस्या छन् । राष्ट्र बैंकसँग मिली अगाडी बढ्नु पर्दछ ।

० स्थीर सरकार छ अर्थतन्त्र कसरी अगाडी बढेको छ त ?
समष्टिगत रुपमा देशको अर्थतन्त्र राम्रो हिसाबले चलिरहेको छ कि छैन भन्ने विषयमा आर्थिक ब्यारामिटरहरु छन् । कच्चा पद्धार्थ रिफाइन नगरि एक्सपोर्ट गर्ने अविकसित देश हो भने सामान रिफाइन गरेर पठाउने विकसित देश हो । त्यस्तै, दक्ष जनशक्ति एक्सपर्ट गर्ने विकसित देश हो भने अदक्ष कामदार निर्यात गरेको अविकसित देश हो ।

यी दुई कुरालाई नेपाल सरकारले जाँच गर्नुपर्छ । आम्दानीमा ट्याक्स तिर्न सकियो भने पनि फाइदा हुन्छ । तर, हरेक वस्तु आयात गरी भन्सार तिरेर त्यसैलाई महँगो बनाएर विकास हुँदैन । अहिले नेप्सेको सेयर इनडेक्सहरु घटिरहेको छ । यसलाई अर्थतन्त्रले बुमिङ गर्नुपर्ने छ । ससानो पुँजीलाइई निरुत्साहित गर्नुहुँदैन ।

विश्वका करिब १९२ वटा राष्ट्रमध्ये नेपालसहित २२ वटा देश संघीय संचरनामा गएका छन् । यसलाई नेपाल अग्रगामी र प्रगतीशील भईसकेको मान्न सकिन्छ । संघीयतामा संघीय सरकार र स्थानीय सरकार हुन्छन् । नेपालमा तीन वटा सरकार छन् । केन्द्रीय, प्रदेश र स्थानीय । तीन सरकारहरुका कर्मचारी, प्रशासनिक र अन्य खर्चहरु हुन्छन् ।
नेपाल सरकारले गर्ने काममध्ये, २२ वटा काम गाउँपालिका र नगरपालिकाले गर्ने भनिएको छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुने प्रस्टै छ । त्यसपछि विकासले फड्को मार्नेनै छ नि । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि