• होमपेज
  • अटो
  • फेरी नयाँ तीन थरिका नम्बर प्लेट ?

फेरी नयाँ तीन थरिका नम्बर प्लेट ?

  • शुक्रबार, कार्तिक ९, २०७५
फेरी नयाँ तीन थरिका नम्बर प्लेट ?

बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता ९९ सय लट पछि दर्ता प्रक्रियामा कानुनी समस्या आएको भन्दै गरेको दर्ता अब खुल्ला भएको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा मोटरसाइकलको दर्ता १०० लटमा प्रवेश गरेको भएको कानुनी अड्चनलाई सरकारले राजपत्रमै सुचना प्रकाशित गरेर दर्ता सुरु गरेको हो ।
विभागका महानिर्देशक ढकालका अनुसार अंचल एउटा अञ्चल कार्यालयबाट मोटरसाइकल दर्ता गर्दा १ करोड ४० लाख हुन्छ भन्ने थियो ।

करोड भन्दा बढी मोटरसाइकल दर्ता हुदैनन भन्ने अनुमान गरेर कानुन बनाइएको थियो। तर बागमतीमा १० लाख पुगेपछि समस्या आएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्बन्धी पुरानो व्यवस्थालाई हेरफेर गरी तीन लाइनमा दर्ता नम्बर हुने गरी दर्ता प्रक्रिया सुरु फुकुवा गरीएको हो ।

नयाँ प्रक्रिया अनुसार पुरानो नम्बर प्लेटमा अञ्चल संकेत, लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत उल्लेख हुने गरी दुई लाइनको दर्ता नम्बर राकिएको थियो । तर अहिले भने तीन लाइनमा दर्ता नम्बर हुने्छ । जसमा पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर, दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत हुनेछ भने तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख रहनेछ ।

दुई पाङ्ग्रे सवारी साधनको हकमा भने अगाडि पट्टीको नम्बर प्लेट दुई लाइनमा र पछाडिको तीन लाइन हुनेछ । दुई लाइनमा हुने नम्बर प्लेटको पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ भने दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत तथा दर्ता नम्बर पनि उल्लेख हुनेछ।
पहिला दुई पाङ्ग्रेको अगाडि एक लाइन र पछाडि दुई लाइन नम्बर प्लेट रहेको थियो ।

अन्य सवारी साधनमा के हुन्छ ?
राजपत्रमा प्रकाशित सूचना अनुसार सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची ६ का खण्ड कदेखि ङसम्म परिवर्तन गरिएको उल्लेख भएकोले नयाँ नम्बर प्लेट मोटरसाइकलमा मात्र नभई सबै सवारी साधनहरुमा लागू हुनेछ ।
यी खण्डहरुमा भएका अञ्चल संकेतलाई प्रदेश संकेत र प्रदेशमा रहेका कार्यालयको संकेतमा परिवर्तन गरिएको छ ।
अनुसूची ६ को द्रष्टव्य ३ मा पनि परिवर्तन भएको छ । यसमा नम्बर प्लेट दुई लाइन र तीन लाइनमा हुने व्यवस्था गरिएको छ। साथै सवारी समूह जनाउने (लट) अङ्क आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुने व्यवस्था गरिएको छ । यसअघि यो अङ्क १ देखि ९९ सम्म मात्रै राखिएको थियो ।

यो व्यवस्था सबै प्रदेशमा लागू हुनेछ । नामाकरण भएका प्रदेशमा प्रदेशको पूरा नाम र हुन बाँकी प्रदेशमा प्रदेश नम्बरमात्र रहनेछ। नामाकरण हुन बाँकी प्रदेशको नामाकरणपछि सोही अनुसार नम्बर प्लेटमा नाम राखी परिवर्तन गर्नुपर्नेछ ।
यातायात व्यवस्था विभागका अनुसार अब अञ्चल रहेको ठाउँमा प्रदेश संकेत राखिनेछ।

अहिले मेची,कोसी,सगरमाथा,जनकपुर,बागमती लगायतका अंचलहरु जनाउनका लागि मे, को, स, ज, बा रहेका ठाउँमा प्रदेश संकेत राखिनेछ। अब जुन जुन प्रदेशको नामाकरण भएको छ उनीहरु नाम जनाउने संकेत उल्लेख हुनेछ। भने नामाकरण नभएका प्रदेशको प्रदेश नम्वर जस्तै प्रदेश १,२,७ उल्लेख हुनेछ। त्यसै गरी प्रदेश ३ मा मोटरसाइकलमा काम गर्ने एउटा मात्रै कार्यालय रहेको छ।

यातायात व्यवस्था विभागले एउटा मात्रै कार्यालय रहेको ०१ कोड दिएको छ। जस्तो प्रदेश २ मा यातयात व्यवस्था कार्यालय तीनवटा रहेका छन्। वीरगंज जनकपुर लाहान उनीहरुको हकमा प्रत्येक कार्यालयलाई०१, ०२ र ०३ भनेर तीनवटा कार्यलयलाई कोड पाउनेछन्।

प्रदेश तीनको नम्बर प्लेटमा प्रदेश ३ (०१ (कार्यालय कोड), ००१ (लट) प(प(मोटरसाइकल जनाउने संकेत), १ (मोटरसाइकल नम्बर) उल्लेख हुनेछ।

अर्थात प्रदेश ३ को नम्बर प्लेटमा
प्रदेश ३(०१
००१ प १ हुनेछ।

यसैगरी प्रदेश दुईको नम्बर प्लेटमा
प्रदेश नं २(०१,०२ वा ०३
००१ प १ हुनेछ।

सवारी दर्ता अंक ४ नम्बर सम्मको हुने उल्लेख गरिएको छ। यसरी एउटै कार्यालयले करौडौं मोटरसाइकल दर्ता गर्न सक्छन् जसका कारण अब त्यस्तो समस्या आउदैन।

पुरानो नम्बर प्लेट के हुने?
राजपत्रको सूचनामा नयाँ दर्ताका लागि मात्र नभई पुराना नम्बर प्लेट पनि परिवर्तन गर्नुपर्ने आशय देखिन्छ ।
तर यातायात व्यवस्था विभाग बागमतीका मोटरसाइकल दर्ता कार्यालयका प्रमुख गणेश अर्यालको व्याख्या भने फरक छ । उनका अनुसार सूचनामा पुराना नम्बर प्लेटको विषयमा केही उल्लेखख छैन । त्यसैले पुराना नम्बर प्लेटको हकमा केही गर्न आवश्यक छैन ।

तीन थरिका नम्बर प्लेट
नयाँ नम्बर प्लेट भएका सवारी साधन सडकमा गुड्न थालेपछि अब नेपालका सडकमा तीन थरिका नम्बर प्लेटका सवारी साधन हुनेछन्। हाल केही चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन्। सर्वोच्च अदालतमा परेको मुद्दाका कारण इम्बोस्ड नम्बर प्लेटको वितरण हाल रोकिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि