• होमपेज
  • प्रविधि
  • एप्समार्फत जनगुनासो सम्बोधन

एप्समार्फत जनगुनासो सम्बोधन

  • मङ्लबार, कार्तिक ६, २०७५
एप्समार्फत जनगुनासो सम्बोधन

बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ ।
नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो ।

नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले शुरुवात गरिएको एप्समार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको समाधानसमेत थालिएको उपप्रमुख लिला रानाले बताउनुभयो ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो । “सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौँ” उपप्रमुख रानाले भन्नुभयो, “नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।”

नगरलाई प्रविधिमैत्री बनाउनका लागि काम कारवाही र सर्वसाधारणले पाउने सुविधाका विषयमा अनलाइन, मोबाइल एप्स र डिजिटल सूचना पार्टीमार्फत जानकारी गराइदै आएको छ । “नगरभित्रका सबै सर्वसाधारणलाई एप्सको सुविधा लिनको लागि आग्रह गरेका छौँ” प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “सूचनाको अधिकार प्रत्याभूत गर्न हामीले प्रविधिमैत्री नगर बनाउने अभियानमा छौँ ।”

हरेक आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, सञ्चालित योजना, जनप्रतिनिधि र कर्मचारीको विवरण तथा भए गरेका कामको प्रगतिसमेत एप्समा राखिएको छ ।

एप्समा भएका जानकारीको सम्बन्धमा गुनासो वा प्रतिक्रिया र नगरका अरु कामको विषयमा जानकारी वा प्रश्न सबै लिन र जवाफ दिन मिल्ने गरी एप्स तयार पारिएको हो । “अब घरमा बसेर नै सबैले नगरपालिकाको काम कारवाहीको विषयमा अनुगमनसमेत गर्न सक्नुहुन्छ” उपप्रमुख लिला रानाले भन्नुभयो, “हामी जनताको सहज सुविधाका लागि सदैव तयार छौँ ।”

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि